Loading... आजः २०८२, २५ फाल्गुन सोमबार

देशभर भारी वर्षाको सम्भावना, सतर्कता अपनाउन आग्रह

काठमाडौं– देशका अधिकांश स्थानमा  बिहानैदेखि भारी वर्षा भइरहेको जल तथा मौसम विज्ञान विभागले जनाएको छ। मनसुनी वायु सक्रिय रहेकाले देशका अधिकांश भूभागमा वर्षा भइरहेको विभागको भनाइ छ।

अहिले प्रदेश नं १, २, बागमती, गण्डकी र लुम्बिनी प्रदेशका धेरै स्थानमा वर्षा भइरहेको मौसम पूर्वानुमान महाशाखाले जनाएको छ।

देशका अधिकांश स्थानमा आज दिनभर नै वर्षाको सम्भावना रहेकोले आवश्यक सतर्कता अपनाउनसमेत महाशाखाले अनुरोध गरेको छ।

विभागअन्तर्गतको बाढी पूर्वानुमान महाशाखाले देशका अधिकांश स्थानमा भारी वर्षामापन भएको जनाएको छ। बाढीमापन केन्द्रमा जलसतह बढ्दो क्रममा रहेको विभागको भनाइ छ।