प्रतिगमन बिरुद्ध दैलेखमा राके जुलुस
दैलेख ः प्रतिगमन विरुद्ध दैलेखमा राके जुलुस प्रदशन गरिएको छ । सरकारको कदम प्रति दैलेखमा राके जुलुस प्रदशन गरिएको हो ।
दैलेख सदरमुकामको लोकतान्त्रिक चौकबाट सनिबार निकालिएको राके जुलुस देवकोटाचौकमा आए पछि प्रहरीले जुलुस तितर बितर पारेर नियन्त्रण गरेको छ । प्रहरीले जुलुसलाइ नियन्त्रण गरे संगै आन्दोलनकारीले चौकमै कोण सभा गरेका थिए
देशब्यापि रूपमा सयुक्त बिद्यार्थीहरूको आन्दोलनका कार्यक्रम स्वरूप जिल्लामा पनि राके जुलुस प्रदशन गरिएको नारायण नगरपालिका वडा न.२ का वडा सदस्य रमेश केसीले बताए । आन्दोलन कोण सभामा परिणत भएपछि विभिन्न विद्यार्थी सङ सङ्गगणनका नेताहरूले कार्यक्रम सम्बोधन गरेका थिए । पुर्व स्ववियु सभापति समेत रहेका कांग्रेस निकट बिधार्थी नेता बिनोद कुमार श्रेष्ठले निरङ्कुश केपी वली सरकारले बाध्य बनायर आफुहरू सडकमा राके जुलुस लियर आउनु परेको बताए ।
देशमा भएको चरम मुल्यबृद्धि, सन्सद पुर्नस्थापना र राष्ट्रपतिका कदम बिरूद्ध देशका आम बिद्यार्थी ,नेताहरू सडकमा आउनु परेको श्रेष्ठको धारणा थियो । आन्दोलनमा बिद्यार्थी नेताहरू गोपाल बिसी गणेश रोकाय, रोहित लामिछाने, हिक्मत शाही, सन्दिप प्याकुरेल लगाएतका विद्यार्थी नेताहरूको उपस्थिति रहेको थियो ।




