Loading... आजः २०७८, १० श्रावण आईतवार

शिक्षा ऐन बिपरित विद्यालय ब्यवस्थापन समिति गठन

दैलेख ः जिल्लाको एक माध्यमिक विद्यालयले शिक्षा ऐेन, नियम बिपरित विद्यालय ब्यबस्थापन समिति गठन गरेको छ । दैलेखको नारायण नगरपालिका–७ स्थित वसन्त माध्यामिक विद्यालय किमुगाउँमा शिक्षा ऐेन नियम बिपरित विद्यालय ब्यवस्थापन समिति गठन गरेको हो ।
विद्यालयमा अभिभावकहरूको भेलाबाट ब्यवस्थापन समिति चुनिनु पर्ने कानुनी प्रावधानको धज्जी उडाउदै नारायण नगरपालिको अग्रसरतामा राजनैतिक दलहरुको सहमतीमा समिति गठन भएको पाइएको छ । कोभिड १९ का कारणले बिघालयमा अभिभावक भेला बोलाउन नसिकिएको र आर्थिक बर्ष सकिनै लाग्दा निर्माणका कामहरू सम्पन्न गर्नलाई राजनैतिक सहमतिमा समिति गठन गरिएको वसन्त माध्यामिक विद्यालयमका प्राधानाध्यापक धर्मराज खड्काले बताए ।
अभिभावकहरुको भेलाबाट समिति गठन गर्नु पर्ने कानुनी प्रावधान रहेपनि राजनैतिक दलहरूको सहमतिमा कामचलाउ विद्यालय ब्यवस्थापन समिति गठन गरिएको नारायण नगरपालिका शिक्षा ईकाई प्रमुख हिमालय जङ्ग शाहिले बताए ।
कोभिड १९ का कारणले अभिभावक भेला बोलाउन नसकिएको र विद्यालयमा आयका बजेटहरू कार्यान्वयन गर्न राजनैतिक दलहरूको सहमतिमा समिति गठन गरिएको नारायण नगरपालिका–७ का वडा अध्यक्ष पुर्ण बहादुर मल्लले जानकारी दिए । विद्यालयमा बिशुद्ध रूपमा अभिभावकहरूको भेलाले समिति चुन्ने कानुनी प्रावधान रहेपनि राजनैतिक दलहरूको सहमतिमा समिति निर्माण गरिनु अबैध रहेको शिक्षा ईकाई प्रमुख तेज बहादुर थापाले बताउँछन् ।
अभिभावकहरूको भेलाले अभिभावकहरू मध्यबाट कुनै चारजना जसमा दुईजना महिला दुईजना पुरूष आउनु पर्ने र ति चार सदस्यले थप अरू दुई सदस्य मनोनित गरि ६ सदस्सिय समिति गठन पश्चात, ६ जना मध्यबाट एकजना समितिको अध्यक्ष चुनिने कानुनी प्रावधानको खिल्लि उडाउदै अबैध रूपमा राजनैतिक दलहरूको सहमतिको नाममा समिति गठन भेटिएको छ ।