Loading... आजः २०८२, २२ फाल्गुन शुक्रबार

कोरोना संक्रमणबाट सभापति थापाको निधन

दैलेख ः नेपाली काँग्रेस दैलेखका पूर्व पार्टी सभापति जगतजंग थापाको निधन भएको छ । कोरोना संक्रमणका कारण सोमबार थापाको निधन भएको दैलेखका स्वास्थ्य सेवा कार्यालय दैलेखले जानकारी दिएको छ । स्वास्थ्य सेवा कार्यालय अनुसार थापाको सोमबार बिहान ३ बजे दैलेख अस्पतालमा निधन भएको हो । थापा दैलेखको राजनीतिमा भद्र, सालिन छवि बनाएका राजनीतिज्ञमा स्थापित नेता भएको काँग्रेस पार्टी सचिव भुपेन्द्र शाहीले बताए ।
उनी पञ्चायत कालमा नेपाल युवक संगठनको भेरी अञ्चल हुँदै ०४७ सालमा बहुदल पश्चात नेपाली काँग्रेसमा प्रवेश गरेका थिए । २०५३ सालमा नेपाली काँग्रेस दैलेखको ९ औं अधिवेशनबाट पार्टी सभापति भएका थिए । आन्तरिक द्धन्द्धका कारण ०५६ मा नै उनी अपदस्थ हुनुपरेको थियो । हाल नेपाल बाल संगठनको जिल्ला सभापति एवं केन्द्रीय सदस्य, पार्टीको महासमिति सदस्य, शुभेच्छुक संस्था समन्वय विभागका सदस्य समेत हुन् ।
यो संगै दैलेखमा कोरोनाको संक्रमणबा मृत्यू हुनेको संख्या सोमबार सम्म २८ पुगेको छ । जिल्ला अस्पतालको आइसुलेसनमा ११ जना बिरामी छन् अहिले सम्म जम्मा तिन हजार ३ सय ६१ जना कोरोना संक्रमण पुष्टि भएको छ, जस मध्य तिन हजार २ सय ७४ जनाले कोरोनालाई जितेर संक्रमण मुक्त भएको निमित्त स्वास्थ्य व्यवस्थापक थिरप्रसाद रेग्मीले जानकारी दिएका छन् । उनले बताए अनुसार अहिले जिल्लामा ५९ जना सक्रिय संक्रमित छन् ।