दैलेखको दुल्लुमा मिनि ट्रकको ठक्करबाट १ जनाको मृत्यु
दैलेख – जिल्लाको दुल्लु नगरपालिका वडा नं ६ तोलीपानीका सडक बिभागमा काम गर्ने १७ बर्षिय यज्ञ बहादुर घर्ती लाई सडकको साईडमा काम गरी रहेको अवस्थामा मिनिट्रकले ठक्कर दिदा घटनास्थलमै मृत्यु भएको छ ।
दुल्लु नगरपालिका वडा नं २ कुवाखोला स्थित कर्णाली राजमार्गमा सुर्खेतबाट जुम्ला तर्फ जादै गरेको भे १ ख २३९७ नंम्बरको मिनि ट्रकले बिपरित दिशाबाट आउदै गरेको बा २० च ३६०० नम्बरको स्कारपियोलाई समेत ठक्कर दिई सवारी साधनमा क्षती समेत पुगेको हो ।
जिल्ला प्रहरि कार्यालय दैलेख बाट प्रहरि निरिक्षक ईन्द्रजित सुनारको नेतृत्वमा ११ जनाको टोलि घटनाको प्रारम्भिक अनुसन्धान कार्यका लागि खटाईएको जिल्ला प्रहरि कार्यालय दैलेखले जनाएको छ ।








