४ घण्टामा २ हजार ३९८ संक्रमित थपिए, २ हजार ७८ संक्रमणमुक्त, १२ को मृत्यु
काठमाडौं- कोरोना संक्रमणबाट पछिल्लो २४ घण्टामा २ हजार ३९८ जनामा कोरोना संक्रमण पुष्टि भएको छ।
७ हजार ५८ जनाको पिसिआर परीक्षण गर्दा १ हजार ६३९ जनामा संक्रमण पुष्टि भएको हो भने ३ हजार ९५४ जनाको एन्टिजेन परीक्षणमा ७५९ जनामा कोरोना संक्रमण पुष्टि भएको हो।
सोही अवधिमा २ हजार ७८ जना संक्रमणमुक्त भएका छन् भने १२ जनाको मृत्यु भएको मन्त्रालयले जानकारी दिएको छ। योसहित कोरोनाबाट मृत्यु हुनेको संख्या ९ हजार ४१२ पुगेको छ।
हालसम्म कोरोनासंक्रमण मुक्त हुनेको संख्या ६ लाख २३ हजार १०५ रहेको छ।








