प्रधानन्यायधिसको पुत्ला दोहन
दैलेखः संसद बिघटनको मुद्दालाई लिएर दैलेखमा प्रधानन्याधिसको पुत्ला दोहन गरिएको छ ।
सत्ता पत्क्षधर राष्ट्रिय युवासंघ नेपालले देशभर सर्बाेच्च अदातलतले संसद बिघटनको मुद्दालाई बदर गरि प्रधानमन्त्रि पदका लागि नेपाली कांग्रेसका पार्टी अध्यक्ष शेरबहादुर देउवालाई दुईदिनभित्र प्रधानमन्त्रि पदमा नियुक्त गर्न दिईएको परमादेशका बिरूद्ध देशभर एकैसाथ राष्ट्रिय युवासंघ नेपालले प्रधानन्यायधिस चोलेन्द्र शम्सेर जवराको पुत्ला दोहन गरिएको अनेरास्वबियु केन्द्रीय सदस्य लाल बहादुर थापाले बताए ।
सर्बाेच्च अदालतले गरेको फैसला जनपक्षिय नभई मुलुकमा निर्दलिय ब्यबस्था तर्फ लाद्न खोजिएको र दल माथीको प्रत्यक्ष हस्तक्षेप भएको ठहर गर्दै राष्ट्रिय युवासंघ नेपाल दैलेखले बाध्य भयर सडकमा आई प्रधानन्याधिसको पुत्ला दोहन गर्नु परेको राष्ट्रिय युवा सघ केन्द्रीय सचिवालय सदस्य एवं जिल्ला संयोजक जीवन कुमार शाहीले आफ्नो धारणा राखे ।
प्रधानन्यायधिसको पुत्ला दोहन कार्यक्रम सदरमुकामको देवकोटाचौक नजिक आईपुग्न लाग्दै गर्दा प्रहरीले नियन्त्रणमा लिएको थियो पुत्ला दोहन कार्यक्रम पश्चात कार्यक्रम कोण सभामा परिणत गर्दै राष्ट्रिय युवा सघ नेपाल दैलेखका जिल्ला सयोजक जीवन कुमार शाहीले सम्बोधन गरेका थिए । कार्यक्रममा अनेरास्वियु केन्द्रीय सदस्य तथा जिल्ला अध्यक्ष अग्नि प्रसाद रिमाल राष्ट्रिय युवासंघ नेपालका केन्द्रीय सदस्यहरू, लाल बहादुर थापा, पुण्य प्रसाद शर्मा, तेजेन्द्र खत्रि, जनक शर्मा लगायतका बिघार्र्थी नेता, कार्यकर्ताहरूको उपस्थिति रहेको थियो ।








