Loading... आजः २०८२, २२ फाल्गुन शुक्रबार

संसद पुर्नस्थापनाको खुसियालिमा दिप प्रज्वलन

दैलेखः सर्बाेच्च अदालतले गरेको संसद पुनस्थापनाको खुसियालिमा दैलेखमा दिप प्रज्वलन गरिएको छ ।
संयुक्त विद्यार्थी संगठन दैलेखले सोमबार आयोजना गरेको दिप प्रज्वलन कार्यक्रममा जिल्ला सदरमुकामको देवकोटाचौकमा विद्यार्थी नेताहरु जम्मा भई दिप प्रज्वलन गरेका हुन् । सर्बाेच्च अदालतले गरेको संसद पुर्नस्थापना र प्रधानमन्त्रि पदमा दुईदिनभित्र शेरबहादुर देउवालाई नियुक्त गर्न दिईएको सर्बाेच्च अदालतले जारि गरेको परमादेशको स्वागत गर्दै दैलेख सदरमुकाम स्थित देवकोटा चौकमा सयुक्त बिधार्थि सगठनले मैन बत्ति बाली दिप प्रज्वलन गरिएको नेबिसंघका नेता सन्दिप प्याकुरेलले बताए ।
सर्बाेच्च अदालतले आफुहरूको पक्षमा फैसला गरेको र पटक पटक मार्न खोजिएको संसद सर्बाेच्च अदालतले बचादिएको भन्दै सर्बाेच्च अदालतले गरेको फैसलालाई स्वागत स्वरूप जिल्लामा दिप प्रज्वलन गरिएको अनेरास्वीयुका नेता एव नारायण नगरपालिका बाड न १ का वाड सदस्य रमेश कुमार केसीले बताए । दिप प्रज्वलन कार्यक्रममा सयुक्त बिधार्र्थी सगठनका नेता तथा कार्यकर्ताहरूको उपश्थिति रहेको थियो ।