Loading... आजः २०८२, २२ फाल्गुन शुक्रबार

स्वर्गीय थापाको नाममा अक्षयकोष स्थापना

दैलेख ः नेपाली काग्रेसका पूर्व सभापती जगजङ्ग थापाको नाममा तीनलाखको अक्षयकोष स्थापना गरिएको छ ।
वूर्व सभापती रहेका थापाको असार २१ गते मृत्यु भएको थियो । उनको मृत्यु भएपछि उनको सम्झनमा उनका भाई धर्मजङ्ग थाया र उनका छोरीको सहयोगमा त्रिभुवन माध्यमिक विद्यालयमा ३ लाखको अक्षय कोष स्थापना गरेका हो । २०२५ साल देखि २०३३ साल सम्म त्रिभुवन माध्यमिक विद्यालय नयाँ बजार दैलेखमा शिक्षण गदै आएका स्वर्णिय जगतजङ्ग थापाको नाममा अक्षणकोष स्थापना गरेको उनका भाई धर्मजङ्ग थापाले बताए ।
सनिबार स्थापना गरिएको अक्षयकोष बापत स्थापना गरिएको रकमको चेक स्वर्गीय जगतजङ्ग थापाका भाई धर्मजङ्ग थापाले अहिलेका प्रध्यानाध्यापक निरकबहादुर तारामीलाई एक कार्यक्रमका विच हस्तान्नतरण गरेका छन् उक्त अक्षय कोषबाट हुन आउने व्याजले हरेक शिक्षा क्षेत्रमा लगानी वृद्धिगरी गरीबीको रेखामुनी रहेका परिवारका बालबालिकालाई शिक्षा क्षेत्रमा ठुलो सहयोग हुने धर्मजङ्ग थापाले जानकारी दिए । धर्मजङ्ग थाया र उनका छोरीको सहयोगबाट नेपाली कांग्रेस दैलेख जिल्लाका पुर्ब पार्टी सभापति समेत रहेका समाजसेवी स्वर्णिय जगतजङ्ग थापाको नामबाट स्थापना गरेको अक्षय कोषले गरिब तथा जेहन्दार विद्यार्थीहरुलाई छात्रवृत्ति प्रधान गरिने विद्यालयका प्रधानाध्यापक निरक बहादुर तारामीले बताए ।