बिकास निर्माण कार्यलाई तिब्रता दिदै महाबु गाउपालिका
कुमार प्याकुरेल
दैलेख ः देशमा बिघमान महामारिकाे रूपमा रहेकाे काेराेना भाईरसकाे कारण बन्दा बन्दिकाे समयमा काेराेना राेकथाम तथा नियन्त्रणका लागिएकाे लामाे समयदेखि देखि गरिएकाे लकडाउनका कारण ठप्प रहेकाे बिकास निर्माणकाे कार्यलाई दैलेखकाे महाबु गाउपालिकाले काममा तिव्रता दिएकाे छ ।
गाउपालिकाले बिश्बभर महामारिकाे रूपमा फैलिएकाे काेराेना भाईरस राेकथाम नियन्त्रणका लागि गरिएकाे लक डाउनकाे कारणले बिकास निर्माणहरू ठप्प रहेकाे भन्दै बिकास निर्माणका काम अगाडि बढाउन लागिएकाे गाउपालिकाकि उपाध्यक्ष प्रेम कुमारि बुढाले बताईन् ।

गाउपालिकाकाे करिव ६३ प्रतिशत जति बिभिन्न उपभाेक्ता समिति र ठेक्का मार्फत भएका बिकास निर्माणका कामहरू सम्पन्न भईसकेकाे साथै लक डाउनकाे कारणले ठप्प रहेका अन्य बिकास निर्माणका कार्यहरू शुरू गर्न थालिएकाे गाउपालिकाका प्रमुख प्रशाशकिय अधिकृत भक्त बहादुर मल्लले बताए, गाउपालिकाका विभिन्न शिर्षकका उपभाेक्ता समिति टेन्डर मार्फतका कार्यहरूमा उपभाेक्ता समितका कार्यहरू अधिकास सकिसकेकाे,टेन्डर मार्फतका अन्य कामहरूमा प्रदेश समपुरक अन्तर्गतकाे ताराघाट कासिकाध सडक स्तरउन्नति कार्य,सघिय विशेष अनुदान कार्यक्रम अन्तर्गतकाे भगवती माध्यामिक बिघालय भवन निर्माण कार्य,शसस्त्र अनुदान अन्तर्गत स्वास्थ्य सेवा केन्द्र भवन निर्माण कार्य,प्रदेश विशेष अनुदान अन्तर्गत काप्रिखाेला बतासे सिचाई कुलाे निर्माण कार्य,सघिय शसस्त्र अनुदान अन्तर्गतकाे पाच वटा दुईकाेठे बिघालय भवन,निर्माण कार्यलाई तिव्रता दिईएकाे गाउपालिकाका प्रमुख प्रशाशकिय अधिकृत भक्त बहादुर मल्लले बताए ।
निर्माण सामाग्रिकाे सहज अापुर्ति भएसङ्गै बिकास निर्माण कार्यहरूले अझ गति लिने उनले बताए । कामदारकाे सुरक्षा सम्बेदनशिलतालाई मध्यनजर गर्दै सामाजिक दुरि कायम गरि गाउपालिकाकाे बिकास निर्माण कार्यलाई अगाडि बढाउन लागिएकाे गाउपालिकाका अध्यक्ष जङ्ग बहादुर शाहिले बताए।




