ठाटिकाँध गाउँपालिका पनि सिल
। २०७७ जेष्ठ ६, मंगलवार मा प्रकाशित

जितेन्द्र थापा
दैलेख : विश्वभर महामारीको रुपमा फैलिएको कोरोना भाइरस कोभिड-१९ रोकथामका लागी जिल्लाको ठाटिकाध गाउपालिकाले सुचना जारी गर्दै गाउपालिकाका सम्पुर्ण वडाहरु शिल गरेको छ ।
गाउपालिकाको सम्पुर्ण वडा शिल गर्दै एक टोलबाट अर्को टोल,र एक घरबाट अर्को घर जान नपाइने गरि सिल गरिएको गाउपालिकाका अध्यक्ष धिर बहादुर शाहिले बताए ।
छिमेकी नगरपालिका आठबिस नगरपालिकामा भारतबाट आएका एक जनामा कोरोना सङ्क्रमण पुष्टि भएपछि जेठ पाच गते बसेको ठाटिकाध गाउ कार्यपालिकाको बैठक र ठाटिकाध गाउपालिका स्तरीय कोभिड-१९ नियन्त्रण समिती र स्वास्थ्य तथा जनसंख्या मन्त्रालयद्दारा जारी विग्येप्तीमा आठबिस नगरपालिका वडा न १ मा एक जना पुरुषमा कोभिड-१९ पुष्टी भएपछी जेठ छ गते बिहान बसेको सर्वपक्षीय वैठकले कोरोना रोकथामका लागी एक टोलबाट आर्को टोल र एक घरबाट अर्को टोल नजाने गरि सिल गरिएको अध्यक्ष शाहीले बताए ।
यस्तै अर्को सुचना जारी नभएसम्मका लागी गाउपालिका प्रवेश गर्ने सम्पुर्ण नाकाहरु सिल गरिएको प्रकाशित सुचनामा उल्लेख गरिएको छ ।
अर्को सुचना जारी नभएसम्म मेडिकल सेवा बाहेकका सम्पुर्ण पसल ब्यावसाय बैङ्किङ सेवा अर्को हप्तासम्मक लागी बन्द गर्ने निर्णय गरिएको गाउपालिका अध्यक्ष शाहीले बताए ।
सुचनालाइ अवग्य गरेको पाइएमा कानुन बमोजिम कार्वाही गरिने सुचनामा उल्लेख छ ।




