Loading... आजः २०८१, २९ भाद्र शनिबार

कृषकलाई पक्कि टनेल

दैलेख ः दैलेखका किसानलाई पक्कि टनेल प्रदान गरिएको छ । दुल्लु नगरपालिका अन्तरगत कृर्षि शाखा द्धारा निर्यातमुुखी कृषि प्रणालीलाई परिमार्जित गर्दै व्यवसायिक र औधोकिकरण तर्फ उन्मुख गर्ने उद्धेश्य बमोजिम किसानलाई पक्कि टनेल उपलब्ध गराएको हो ।
पालिका भित्र पर्ने तथा लामो समयदेखी बाझो रहेको जमीनलाई तरकारी खेति र दलहन खेतिको लागी सदुपयोग गरि दुल्लुलाई कृषिमा आत्मनिर्भर बनाउनुपर्ने दुल्लु नगरपालिकाले जनाएको छ ।
आर्थिक बर्ष २०७७।०७८ मा सञ्चालित प्रधानमन्त्रि कृषि आधुनिकिकरण परियोजना अन्तरगतको कृषिको साना व्यवासायिक पकेट विकास कार्यक्रमले प्लाष्टिक टनेलमा तरकारी खेति कार्यक्रम अन्तरगत १८ वटा पक्कि टनेल विस्तार गरिएको छ भने १ वटा अलहर पकेट निर्माण समेत निर्माण सम्पन्न भएको दुल्लु नगरपालिका कृषि शाखा प्रमुख राजन विष्टले पंचकोशीलाई जानकारी दिए ।