Loading... आजः २०८२, ७ माघ मंगलवार

संसद्लाई बिजनेस दिन सांसद विशुंकेको माग

सांसद पार्वती विशुंकेले संसदलाई बिजनेस दिन सरकारसँग माग गरेकी छिन् । शुक्रबार प्रतिनिधिसभाको शून्य समयमा बोल्दै उनले संविधानकाे रक्षा, लाेकतन्त्र र गणतन्त्र संस्थागत गर्न र संसद् गतिशील गराउन सरकारले बिजनेस दिनुपर्ने बताएकी हुन् ।

बैठकमा उनले भनिन्, ‘प्रतिनिधिसभा पुनर्स्थापना भएको छ, संसद्लाई बिजनेस दिनुपर्छ। बाँकी रहेका विधेयकमाथि छलफल गर्नुपर्छ । सदनलाई जीवित बनाउने दायित्व सरकारको हो ।’