Loading... आजः २०८३, १८ बैशाख शुक्रबार

मोबाइलबाट विद्यार्थी पढाउँदै नगरपालिका

कृष्णप्रसाद अधिकारी
दैलेखः दैलेख जिल्लाको दुल्लू नगरपालिकाले मोबाइलबाट विद्यार्थीलाई बढाउन सुरुगरेको छ ।
कोरोना भाइरसको महामारीकोमा दुल्लु नगरपालिकाले आफ्नो नगरपालिका भित्रका विद्यालयमा मोबाइल बाटै पढाउने भएको हो । यो महामारीको बेलामा नगरले आफ्ना कामहरु लगातार अगाडि बढाउदै विद्यार्थीलााई समेत मोबाइलबाट बढाउन लागेको छ ।
विश्व यतिबेला कोरोना भाइरस (कोभिड–१९) बाट आक्रान्त छ । नेपालमा पनि कोरोनाका बिरामी दिन प्रतिदिन बढि रहेका छन् । नेपाल जस्तो गरिब देशमा यसको उच्च जोखिम छ । तर पनि सरकारले यसको नियन्त्रण गर्नेको लागि नेपालललाई लकडाउन गरेको २ महिना पुग्नै लागेको छ ।
यस्तो अवस्थामा शिक्षा क्षेत्र पनि अछुतो रहन सकेन, एसइइ दिन तयार भइरहेका विद्यार्थी भाइबहिनीहरुको कोरोनाको कारणले नियमीत अध्ययन बिग्रीन पुगेको छ ।
एसइइको नजिकै लकडाउन गर्नु परेकोले विद्यार्थीको पढाइमा असर परेको भन्दै आफ्नो नगरपालिका भित्रका १४ वटा विद्यालयका करिब एक हजार ंविद्यार्थीलाई मोबाइलको माध्याम बाट सीकाउन सुरु गरेको जनाएको छ ।
नगरपलिका भित्रका सबै शिक्षकहरुलाई यसबारे जानकारी गराउँदै विद्यार्थीले समस्या सुनाउँदा मोबाइल बाटै सामाधान गर्ने गरि ब्यवस्था मिलाइएको दुल्लु नगरपालिकाका मेयर घनश्याम भण्डारीले बताए । उनले दैलेखमा समेत कोरोनाका बिरामी देखिएकोले उच्च सर्तकता अपनाउँदै आफ्ना दैनिक क्रियाकलाप गर्ने आग्रह समेत गरे ।
मोबाइल बाट भए पनि विद्यार्थीका समस्या सामाधान गर्ने लागेकोे पन्चकोशी ज्वाला माध्यामिक विद्यालयका प्राध्यानाध्यापक गगन बहादुर खड्काले जानकारी दिए ।
आफुले घरमा स्वं अध्ययन गरी, विषय बस्तुमा सम्बन्धित बिषयको सरलाइ विहान ८ बजे देखि बेलुका ७ बजे सम्मा जतीबेला पनि मिसकल गर्ने हाग्रह गरिएको छ । विद्यार्थीले मिस्कल गर्ने र सरहरु आफैले फोन गरेर समस्या समाधान गर्नुपर्ने ब्यवस्था मिलाइएको हो । शिक्षा क्षेत्रलाई प्रभावकारी बनाउनको लागि नगरपालिकाले सबै वडामा सहयोग गर्ने सक्ने जनाएको छ ।
आफुले पढाएका विद्यार्थीले घरमा स्व अध्ययन गरी हामिलाइ मिसकल गरेपछि हामीले नै फोन गरेर विद्यार्थीलाई सिकाउने गरेको नेपाल राष्ट्रिय माध्यामिक विद्यालय कृतिखम्भका शिक्षक लोकेन्द्र वि.सीले बताए ।
विद्यालयका सबै विषयगत शिक्षकहरुको मोबाइल नं सार्वजनीक गरि विद्यार्थी सम्म पु¥याउने प्रयास भएको र विद्यार्थीलाई पुनर्ताजगी र निरन्तर अध्ययन गर्ने बानीको बिकासका लागि पनि यो कार्यक्रम ल्याउनु परेको साथै विद्यार्थी ,अभिभावक र सिङ्गो शिक्षा क्षेत्र नै सुषुप्त अबस्थामा रहेकोले उक्त क्षेत्रलाइ ब्युझाउन पनि आबश्यक रहेको भन्दै यो अभियान सफल भए ० देखी १२ कक्षा सम्मनै मोबाइलबाटै पढाउन सकिने पन्चकोशी ज्वाला मा वि दुल्लु नगरपालिका १० गमौडिका विद्यालय ब्यवस्थापन समितीका अध्यक्ष नवीन कुमार योगीले जानकारी दिए ।

समाचार