ट्याक्टर दुर्घटना हुदाँ एकजनाको मृत्यु ।
रुकुम : रुकुम पश्चिममा ट्याक्टर दुर्घटना हुँदा एकजनाको मृत्यु भएको छ ।
दुर्घटनामा मुसिकोट नगरपालिका वडानम्बर –७, का २० वर्षिय नरेश सुनारको मृत्यु भएको हो । दुर्घटना आज दिउँसो मध्यपहाडी लोकमार्ग अन्तरर्गत घोरखानीबाट साखँतर्फ जाँदै गरेको रा १ त २८१७ नम्बरको ट्याक्टर वडानम्बर –८, को किटनीमा भएको प्रहरी निरीक्षक कबिराज रोकायले बताए । प्रहरी निरीक्षक रोकायका अनुसार उकालो सडकका कारण ट्याक्टर टुर्घटना भई चालक सुनारको घटनास्थलमै मृत्यु भएको र सहचालकको अवस्था भने सामान्य रहेको छ ।
ट्याक्टर सडकबाट १५ सय मिटर तल खसेको प्रहरीको भनाई छ । त्यस्तै जिल्लाको आठबिसकोट नगरपालिका वडानम्बर –३, को स्यालाखदीमा पनि आज बिहान ट्याक्टर दुर्घटना हुँदा ५ जना घाईते भएका छन् । राडीबजारबाट खाद्यान्न लिएर खदीतर्फ जाँदै गरेको ना ५ त ३१३९ नम्बरको ट्याक्टर दुर्घटनामा परेको प्रहरीले बताएको छ । दुर्घटनाका सबै घाईतेलाई उपचारको लागि नगरअस्पत्ताल राडीबजार ल्याईएको प्रहरीले जनाएको छ ।




