अलपत्र मजदुरहरूको उद्धार
दैलेख ः कोरोना भाइरस (कोभिड–१९) रोकथाम तथा नियन्त्रणका लागि गरिएको लकडाउनका कारण दैलेखमा अलपत्र परेका मजदुरहरुलाई उद्धार गरि गृह जिल्ला पठाईएको छ । सुदुरपश्चिम प्रदेशको कैलाली जिल्लामा घर भएका २२ जना मजदुरहरुलाई उद्धार गरी घर पठाईएको हो । दैलेख उद्योग बाणिज्य संघ दैलेखका अध्यक्ष कुलबहादुर विकको पहलमा उनिहरुलाई उद्धार गरी घर पठाईएको हो ।
उनिहरु तीन महिना देखि दैलेखको नारायण नगरपालिका–१ पुरानो बजारमा बसेर तामाका भाँडाकुडा बनाई जीविकोपार्जन गर्दै आएका थिए । लकडाउनका कारण दैनिक गुजारा चलाउन समस्या भएका उनिहरुलाई उद्धार गरी कैलाली पठाईएको हो ।
जिल्ला प्रशासन कार्यालय दैलेखसँग समन्वय गरी अलपत्र अवस्थामा रहेको मजदुरहरुलाई उद्धार गरी पठाएको दैलेख उद्योग बाणिज्य संघ दैलेखका अध्यक्ष कुलबहादुर विकले बताए ।
कोभिड–१९ को महामारी दैलेखमा पनि भित्रिएको बेला सम्भावित जोखिमबाट बच्नको लागि स्वास्थ्य सामाग्रीहरु वितरण गर्न उनिहरु बसिरहेको ठाउँमा पुगेका अध्यक्ष बिकलाई स्वास्थ्य सामाग्री भन्दा पनि सकुशल गृह जिल्ला पुराईदिन अनुरोध गरेको थिए ।




