Loading... आजः २०८२, २१ फाल्गुन बिहीबार

ब्यक्ति मन परेन भनेर सिंगो पार्टीनै खराव हो भन्न मिल्दैना : युवराज ज्ञवाली

दैलेख ः नेकपा एमालेका उपाध्यक्ष युवराज ज्ञवालीले एमालेको कुनै व्यक्ति मन परेना भनेर सिंगो पार्टी नै खराब हो भनेर भन्न नमिल्ने बताएका छन् बुधबार पार्टीकार्यालय दैलेखमा प्रेस चौतारी नेपाल दैलेखले गरेको पत्रकार सम्मेलन कार्यक्रममा बोल्दै उपाध्यक्ष ज्ञेवालीले सो कुरा बताएका हुन ।
म सबै पार्टी कार्यकर्तालाई अनुरोध गर्छु तपाईरु कसैको लोभ लालचमा नलागि अडिक भएर पार्टी एकताको पक्षमा उभिनुस् –सबै पार्टी भित्र असहमती हुन्छ त्यसको सामाधान भागेर होइन लागेर हुन्छ । पार्टी भित्र देखिएका समस्याहरु छलफल गरेर समाधान हुने हुर्दा समस्या देखिन बित्तिकै पार्टी फुटाएर जाने प्रबृतिले कसैलाई राम्रो नहुने भन्दै माधव कमरेडलाई उनको कटाक्ष तपाईले खोलेको पार्टीमा पनि समस्या देखिन्न

 

भन्न सकिदैन त्यस्ता समस्या समाधान गर्ने की फेरी नयाँ पार्टी खोल्न जाने ।
कुनै दई जना मान्छे मात्र हुँदा सम्मेत दुन्द्ध हुन्छ दुन्द्ध भयो भनेर जोगी बनेर जंगल जाने की समस्याको सामाधान गर्ने । यहि पार्टीमा हामी छफफल गरौँ समस्याको सामाधान गरौँ भन्दै छुटिएर जाने कमरेडहरुलाई आग्रह गरे ।
हामीसंग लोक्तान्त्रिक परिपार्टी भएकोले सबै समस्याहरु सामाधान हुन्छन् तपाईहरु यो पार्टी छोडेर कतै नजानुहोस् । यदि जानुभयो भने भोलि पछुताउनु पर्ने छ, यदि जानुभयो भनेपनि फर्केर यहि घरमा आउनु पर्छ ।ज्ञवालीले भने– अर्को पार्टी बनाउन सजिलो छैन, गाह्रो छ । त्यसैले समयमै बुद्धि पु¥याउँ, भट्केर बाहिर नजानुहोस् माधव नेपाल तपाईले १५ बर्ष महासचिव भएर यत्रो विशाल पार्टी बनाउन तपाईको पनि लगानी छ । तपाईहरुले यो पार्टीलाई दक्षिण पन्थी हो भनेर भन्ने के आधार छ, तपाईहरु हुदाँ यो दक्षिण पन्थी नहुने अहिले दक्षिण पन्थी हुने भन्ने कुनै आधार छैन् कुनै नेताले के बोल्यो त्यहिलाई आधार मान्न सकिन्छ यो दस्तावेज तपाईहरुले पास गराउनु भएको होइन र ? तपाईहरुले लेखेको दस्ताबेजमा हाहिले सहयोग मात्र गरेको हो त्यसको मुख्य स्वामित्व तपाईकै हो तर तपाईले त्यो दस्तावेजलाई दक्षिण पन्थी दस्ताबेज भन्न मिल्छ उनले प्रश्न गरे ।
कार्यक्रमको समापन गर्दैै प्रेस चौतारी नेपाल दैलेखका अध्यक्ष पुस्कर थापाले पार्टीको धारण के हो भन्ने विषयमा उपाध्यक्षले भनेको कुरामा सहमती देखाउँदै सबै धन्यवाद दिएका छन् ।