जिल्ला कमिटी सदस्यसहित दैलेखका आधा दर्जन माओवादी एमालेमा
दैलेख । नेकपा माओवादी केन्द्र जिल्ला कमिटी दैलेखका सदस्य भक्त थापा मगर र दयाराम विश्वकर्मासहित आधा दर्जन नेता–कार्यकर्ता एमाले प्रवेश गरेका छन् ।एमाले जिल्ला कमिटी दैलेखले आज आयोजना गरेको जिल्ला भेलामा उनीहरु माओवादी त्यागेर एमालेमा लागेका हुन् ।
एमाले प्रवेश गर्दै नेता विश्वकर्माले भने– नेकपा एमालेको नीति, विचार र सिद्धान्त सही लाग्यो, देशमा एमालेबाहेक अरुले समृद्धि ल्याउन नसक्ने बुझेर एमाले प्रवेश गरेको हुँ ।








