संघीय युवा क्लव संजालको कर्णाली प्रदेश ईन्चार्जमा ः अधिकारी
दैलेखः संघीय युवा क्लव संजालको कर्णाली प्रदेश ईन्चार्जमा राजेन्द्र अधिकारी चयन भएका छन् । राष्ट्रिय युवा परिषदले प्रदेश र संघीय तहमा नमुना युवा संसद अभ्यास कार्यक्रम सम्पन्न गरि सात वटै प्रदेश संजाल टुङ्गो लगाइसके पछि सोमबार बसेको भर्चौल बैठकबाट अभिषेक तिवारीको अध्यक्षतामा संघीय संजाल पनि टुङ्गो लगाएको छ । नेपाल सरकारको युवा तथा खेल्कुद मन्त्रालय मातहत रहेको परिषदले सबै प्रदेशका प्रदेश इन्चार्ज पनि चयन गरेको छ ।
प्रदेश इन्चार्ज क्रममा बिगत ३ ब
र्र्ष देखि कर्णाली प्रदेशका विभिन्न बिकट जिल्लामा युवाहरूलाई हौसला र प्रेरणादायी कार्यक्रम गर्दै आईरहेका ‘नमुना युवा संसद अभ्यास २०७८’ का युवा माननीय राजेन्द्र अधिकारी विभिन्न चरणहरु पार गर्दै संजालको ११ जना को केन्द्रिय कमिटी सदस्य साथै कर्णाली प्रदेश ईन्चार्जको महत्वपूर्ण जिम्मेवारी प्राप्त गर्न सफल भएका हुन् ।
कर्णाली प्रदेश इन्चार्ज राजेन्द्र अधिकारी परिसदको उद्देश्यबमोजिम कर्णाली प्रदेशका १० वटै जिल्लामा गुणस्तरीय र व्यावसायिक शिक्षा, रोजगारी उद्यमशिलता र सीप विकास, स्वास्थ्य र सामाजिक सुरक्षा, युवा परिचालन सहभागीता र नेतृत्व विकास, खेलकुद र मनोरञ्जन लगायत विषयमा केन्द्रित रहि प्रदेश, जिल्ला र विभिन्न पालिकाहरुसँग समन्वय गरि कार्यक्रम गर्न र युवा परिचालनमा विशेष सहजिकरण गर्न आफू प्रतिबद्द रहेको पंचकोशीलाई जानकारी दिए ।
राष्ट्रिय युवा परिष्द ऐन २०७२ अनुसार प्रदेश इन्चार्जको कार्यकाल २ वर्षको हुने ब्यब्स्था छ ।








