Loading... आजः २०८२, २१ फाल्गुन बिहीबार

दैलेखका ५७ जनप्रतिनिधिले रोजे समाजबादी

दैलेख ः दैलेखमा ५७ जना जनप्रतिनिधिहरुले नेकपा समाजबादी पार्टी रोजेका छन् । नेकपा एमाले विभाजन भएपछि जनप्रतिनिधिहरुलाई यही २२ गते सम्म राजनितिक दल रोज्ने समय दिए अनुसार दैलेखका भिभिन्न स्थानिय तहका जनप्रतिनिधिहरुले दल राज्ने क्रम चलिरहेको छ । आइतबार सम्म जिल्ला निर्वाचन कार्यालय दैलेखमा ५७ जनाप्रतिनिधिहरुले नेकपा समाजबादी पार्टी रोजी सकेका छन् अन्य केही जनप्रतिनिधिहरु समयको अनुकुलता मिलाउदै निर्वाचन कार्यालय जाने बताएका छन्
दैलेख संगै कर्णालीका १० वटै जिल्लामा नेकमा समाजबादी र नेकपा एमालेको आफुनिकट जनताहरु तान्ने होटबाजी चलीरहेको छ । कर्णाली प्रदेश सरकारका भौतिक पूर्वाधार तथा सहरी विकास मन्त्री अम्मरबहादुर थापा प्रत्यक स्थानिय तहमा पुगेर समाजबादीमा लाग्न प्रेरीत गरिरहेको उनको निकट जनप्रतिनिधिहरुले बताएका छन् ।
शुक्रबार महावु गाउँपालिकाका अध्यक्ष उपाध्यक्ष, वडा अध्यक्ष र कार्यपालिकाका सदस्यहरु जिल्ला निर्वाचर्नन कार्यालयमा पुगरेर नेकपा(एकिकृत समाजवादी) मा सनाखत गरेका थिए । शुक्रबार २७ जनाले सनाखत गरेकोमा आइतबार भगवतीमाई गाउँपालिकाका अध्यक्ष सहित ३० जनाले नयाँ पार्टी रोजेको जिल्ला निर्वाचन कार्यालय दैलेखका निमित्त कार्यालय प्रमुख तिर्थ सुवेदिले जानकारी दिए ।
नेकपा एमाले परिताग गरेर समाजबादी बार्टी रोज्नेको संख्यामा बृद्धि हुदै गएपछि एमालेलाई रुनु न हास्नु भएको नाम नखुलाउने सर्तमा एक स्थानियले जानकारी दिए । उनले भनेका छन् पार्टी भित्रको दुन्द्ध मिलाउन नसक्दा एमाले यस्तो अवस्थामा पुगेको हो, दुबै तर्फका नेताले आत्म आलोचना गर्दै एक हुनुपर्ने हो त्यो हुन सकेन अहिले जनतालाई दुबैतर्फका नेताले संरक्षण गर्ने भन्दै तानिरहेका छन् ।
११वटा स्थानिय तह रहेको दैलेखमा दुई जना अध्यक्ष दुई जना उप प्रमुख नेकपा एकिकृतमा खुलेका छन् । नारायण नगरपालिकाका उप प्रमुख साबित्री मल्ल, चामुण्डाविन्द्रासैनी नगरपालीकाका उप प्रमुख तारा कुमारी शाही (खत्री) ठाँटीकाध गाउँपालिका उपाध्यक्ष सुस्मिता सिंह, भगवतीमाई गाउँपालीकाका अध्यक्ष दान बहादुर थापा महाबु गाउँपालिकाका अध्यक्ष जंगबहादुर शाही लगाएतका जनप्रतीनिधिहरुले समाजबादिमा सनाखत गरेका छन् ।
स्थानिय तहमा मन्त्रीको दैनिक जसो दौडधुप ः
नेकपा एमालेबाट स्थानीय तहको निर्वाचनमा जितेका जनप्रतिनिधिलाई नेकपा (एकीकृत) समाजवादी पार्टीमा सनाखत गराउन कर्णाली प्रदेश सरकारका भौतिक पूर्वाधार तथा सहरी विकासमन्त्री अम्मरबहादुर थापा सक्रिय भएका छन् । फ्लोर क्रस गरेर मुख्यमन्त्री महेन्द्रबहादुर शाहीलाई विश्वासको मत दिएर एमालेको पार्टी सदस्य र सांसद पदबाट निष्कासन भई मन्त्री बनेका थापा अहिले गाउँगाउँमा गएर जनप्रतिनिधिलाई नेकपा एकीकृत समाजवादी पार्टीमा ल्याउन दौडधुप गरिरहेको बताइएको छ । जिल्लामा आएका जनप्रतिनिधिहरुलाई प्रतिनिधि सभा सदस्य पार्वती बिसुन्केले निर्वाचन कार्यालयमा पुगेर सनाखत गर्न सहयोग गरिरहेकी छन् । शुक्रबार भगवतीमाई गाउँपालिका अध्यक्ष दानबहादुर थापालगायत अन्य वडा अध्यक्ष नआएपछि मन्त्री थापा आफैँ सरकारी गाडि लिएर गाउँपालिका पुगेका थिए ।