Loading... आजः २०८१, २० मंसिर बिहीबार

विद्यालय संचालन गर्दै नारायण नगरपालिका

फाइल फाेटाे

दैलेख ः दैलेखमा विद्यालय सञ्चालमा हुने भएका छन् कोरोना भाइरस (कोभिड–१९) संक्रमणको जोखिमका कारण लामो समयदेखि बन्द रहेका विद्यालयहरु सञ्चालनमा आउन थालेका हुन् । जिल्लाको नारायण नगरपालिकाले आउँदो आइतबार भदौ २७ गतेबाट विद्यालय सञ्चालन गर्ने तयारी गरेको छ नगर भित्रका सामुदायिक तथा नीजि विद्यालय सञ्चालनमा ल्याउन लागिएको हो ।
जिल्ला भगवतीमाई गाउँपालिकाले भदौ १ गते देखि सामुदायिक तथा निजि विद्यालयहरु संचालन गरिसकेको छ । गाउँपालिका भित्रका ३२ सामुदायिक विद्यालय १ संस्थागत विद्यालय गरी जम्मा ३३ विद्यालय भदौ १ गते देखि सञ्चालन भैरहेका छन् ।
नारायण नगरपालिकाले साउन २२ गते देखि विद्यालय संचालन गरेको थियो तर जिल्लामा कोरोनाको कहर बाँकी नै रहेको भन्दै जिल्ला प्रशासनले परिपत्र गरेपछी एक हप्तामै विद्यालय बन्द गर्नु गरेको र अहिले विद्यालयमा स्वास्थ मापदण्ड पुरा गरी विद्यालय संचालन गर्ने लागिएको नारायण नगरपालिका शिक्षा विज्ञान तथा प्रविधि शाखा संयोजक हिमालयजंग शाले जानकारी दिए ।
लामो समयदेखि बन्द रहेका नगरपालिकाभित्रका ३८ वटा सामुदायिक विद्यालयमा पठनपाठन सुरु हुने शाहको भनाई छ । उनले भने ‘पूर्ण रुपमा स्वास्थ्य मापदण्ड अपनाएर विद्यालय सञ्चालनमा ल्याउन लागेका छौँ । सोमबार सबै विद्यालयका प्रधानाध्याक सहितको मिटिङ्ग बसी आइतबार बाट विद्यालय लगाउने निर्णय गरेका हौँ । ‘विद्यार्थीहरुलाई स्वास्थ्य सामग्रीहरु मास्क सेनीटाइजर व्यवस्थापन गर्नका लागि हरेक विद्यार्थीलाई २ सय रुपैयाँका दरले विद्यालयलाई रकम यस अघिनै उपलब्ध गराएका छाँै ।
विद्यालयमा विद्यार्थी संख्याको आधारमा जोड विजोर कक्षा संचालन गरिने भएको छ । एउटा कक्षामा ३० भन्दा बढि विद्यार्थी भएमा २ सिप्टमा कक्षा संचालन गरिने छ । जिल्लामा विद्यालय संगै महामारीको समयमा सुनसान भएको सदरमुकाममा अहिले चहलपहल बढेको छ ।
सबै कार्यालयहरु खुल्ला छन् होटल तथा पसल ब्यवसायहरु साँझ ७ बजे सम्म खुल्ला रहने र जिल्ला स्थीत विद्यालय शैक्षिक संस्थाहरु गर्ने सम्बन्धमा नेपाल सरकारले जारी गरेको स्मार्ट लकडाउनको परिधिभित्र रहि सम्बन्धित स्थानीय तहले जिल्ला कोभिड–१९ संकट व्यवस्थापन केन्द्रसंग समन्वय गरि संचालन गर्ने भनिए अनुसार जिल्लाका सबै स्थानिय तहले विद्यालय संचालन गर्ने तयारी यरिरहेका छन् ।
दैलेखमा कोरोना संक्रमितको संख्या घट्दै गएको छ कुनै समय दैलेख रेड जोनमा परेको थियो विस्तारै जिल्लामा कोरोना संक्रमित हुनेको संख्यामा गिरावट आएको छ । कोरोना महामारीलाई नियन्त्रण गर्न दैलेखका सम्पुर्ण सम्यन्त्रले आ–आफ्नो ठाउँबाट पहल गरेको कारण अहिले जिल्लामा कोरोना संक्रिमितको संख्या घटदै गएको स्वास्थ्य सेवा कार्यालय दैलेखका निमित्त स्वास्थ्य व्यवस्थापक थिरप्रसाद रेग्मीले जानकारी दिएका छन् ।
उनका अनुसार दैलेखका काम गरिरहेका सरकारी तथा गैह्र सरकारी संसस्थाहरुले पनि आफुले सकेको पहल गरेको देखिन्छ जिल्लामा क्रियाशिल सोसेक नेपाल, एभरेष्ट क्लव, कारितास नेपाल, लागाएतका संसस्थाहरुले कोरोना रोकथाम तथा नियन्त्रणको लागि अस्पताललाई करौडौको सामाग्रि हस्तान्तरण गरेका छन् । उनिहरुले अस्पताललाई दिएको सहयोग अतुलनिय छ । जिल्लामा विपत पर्दा कुनै पनि आग्रह पूर्वाग्रह नभई विपतको सामना गर्नपर्ने रेग्मीको धारण छ ।
जिल्लामा सोमबारसम्ममा कोरोनाको स्थिती ः
जिल्लामा हालसम्म ३ हजार ५ सय २९ जनामा कोरोना संक्रमण पुष्टि भईसकेको छ । ती मध्ये ३ हजार ४ सय ९२ जना निको भएका छन् स्वास्थ्य कार्यालयले दिएको जानकारी अनुसार सोमबारसम्म कोरोना संक्रमणका कारण २९ जनाले ज्यान गुमाईसकेका छन् भने सक्रिय संक्रमितको संख्या ८ जना छ ।
अहिले दैलेख अस्पतालको आइसोलेसन खालि भएको छ । ८ जना संक्रमितहरु होमआसोलेसनमा बसेका छन् ।