Loading... आजः २०८१, २३ भाद्र आईतवार

जयन्ती थापाद्धारा विपन्न परिवारलाई राहत सामग्री

दैलेख ः हिन्दू नारीहरुको महान चाड हरीतालीका तिजको अवसर पारेर दैलेखमा आर्थीक अवस्था कमजोर भएका परिवारलाई राहत वितरण गरिएको छ । नारायण नगरपालीका २ जाहारकोट निवासी हाल अमेरीकाको भर्जनियामा बस्दै आएकी समाजसेवी जयन्ती थापाको आर्थीक सहयोगमा उक्त राहत सामाग्री वितरण गरिएको हो ।
कलाकार तथा समाजसेवी लोकेन्द्र जिसी कुमारको पहलमा मंगलबार राम मन्दिरमा विपन्न परिवारलाई राहत सामाग्री वितरण गरिएको छ ।
नारायण नगरपालीका ७ का ३ जना एकल महिलाको परिवार तथा २ जना आर्थीक अवस्था कमजोर भएका परिवारलाई राहत स्वरुप खाद्यान्न सामाग्री वितरण गरिएको समाजसेवी लोकेन्द्र जिसीले जाकारी दिए । उनका अनुसार– नारीहरुको महान पर्व तिजको अवसर पारेर प्रति परिवार १ बोरा चामल, १ केजी नून, १ केजी दाल र १ लिटर तेल वितरण गरिएको छ । कुमारले भने आर्थीक रुपले अती विपन्न परिवारलाई सहयता गर्नु सराहनीय कार्य हो ।
समाजसेवी थापाले हालसम्म देशका अधीकांश विपन्न परिवारका सदस्यलाई यसरी नै राहत स्वरुप सहयोग गरिसकेको र यसै अभियान अन्र्तरगत मंगलबार दैलेखका विपन्न परिवारलाई सहयोग गरेको जानकारी दिएकी छन् ।
खाद्यान्न सामाग्री पाएपछि खुसी हुदै उनिहरुले समाजसेवी तथा सहयोगी जयन्ती थापाप्रती आभार व्यक्त गरेका छन । तिज नजीकीदै गर्दा घरमा के खाने भन्ने चिन्तामा आफुहरु रहेको समयमा राहत स्वरुप खाद्यान्न पाएपछि आफुहरुलाई नीकै खुसी लागेको परिवारका सदस्यहरुले बताएका छन ।