Loading... आजः २०७८, ११ कार्तिक बिहीबार

काँग्रेसको नारायण नगरको नगर सभापतिमा मनोज थापा

दैलेखः नेपाली काग्रेसको नारायण नगर सभापतिमा मनोज कुमार थापा निर्वाचित भएका छन् ।
काँग्रेसको १४ औं राष्ट्रिय महाधिबेशन अन्तर्गत वाड अधिबेशन पश्चात् दोस्रो तहको गाउँ नगर कमिटिको निर्वाचन कार्यतालिका अनुसार दैलेखको सदरमुकाम समेत रहेको जिल्लाको जेठो नगरपालिकामा भएको नगर स्तरिय निर्वाचनमा थापा लगायतको टिमनै निर्वाचित भएका हो । जसमा सभापती पदमा मनोज कुमार थापा , उपसभापती पदमा क्रमश गणेश बहादुर शाही र हस्त सुनार , सचिव पदमा क्रमश पवन कार्की र रोशन भण्डारी, सह–सचिव पदमा क्रमश मुक्तीनाथ खत्री र भावना हमाल लगायतका उम्मेदवारहरू निर्वाचित भएका हुन् ।
नारायण नगरपालिका वाड न २ स्थायी घर भएका थापा देउवा ईतरबाट चुनावी मैदानमा होमियका थिय, निर्वाचित भएका थापाले आफ्ना निकटतम प्रतिद्वन्दि सभापति पदका उम्मेदवार सुवास थापालाई पराजित गर्दै नगर सभापतिको पदमा निर्वाचित भएका हुन् ।
बिजयी थापा लामो समयसम्म नेपाली काग्रेसको भागिनि सङगठन नेपाल बिघार्थी सघसङ्ग आवद्व रहि सक्रिय राजनिति गर्दै आईरहेका युवा हुन् । नारायण नगरमा सस्थापन पक्षको कमजोर अवस्था रहेको अपवाह फैलाईरहेको अवस्थामा लामो समयदेखि विघार्थी राजनितिको आन्दोलन र भट्टिबाट खरियर जन्मेका युवा नेता थापा सरल सालिन र राजनैतिक सस्कार रहेकै कारण निर्वाचन जितेको महिला नेतृ प्रभा सिजापतिले बताईन् ।
११ स्थानिय तह रहेको दैलेख सदरमुकाममा कुल दुईसय अठार जना क्षेत्रिय प्रतिनिधि रहेको नगरमा जम्मा सख्याको दुईसय पन्ध्र मत खसेको थियो, कुल खसेको मतमा प्रतिद्वन्दी थापालाई बिजेता थापाले उन्नाईस मतको अन्तरले पराजित गरेका थिय । सागठनिक रूपमा पौडेल समुहको गढ मानिने नारायण नगरमा यो पटकको नगरको निर्वाचनले गढ भत्काईदिएको काग्रेस नेता बखत कटुवालले बताए ।
बुढा पाका प्रतिनिधिहरूमात्र प्राय हाबि हुने काग्रेसमा यो पटक भने जिल्लाभर युवाहरूको आगमनले सक्षम आफ्ना प्रतिनिधि चुन्ने निर्णय लियसङ्गै भएको मतदानमा सक्रिय रूपमा राजनिति गर्दै आएका थापाको बिजय सम्भब रहेको युवा नेता दिपक सोनीले बताए ।
सभापति पदमा बिजयि भएका थापा आफु लामो समयदेखि बिघार्थी राजनिति गर्दै आयको भयपनि यो पटक नगरले आफुलाई उपयुक्त ठानि टिम भित्र टिकट प्रदान गरि बिजयि गराउनु हुने सम्पुर्ण प्रतिनिधिहरूलाई धन्यबाद दिएका छन भने आफुमा थप जिम्मेवारी थपियको र आफ्नो कार्यकालमा पार्टीभित्र रहेको गुटको राजनिति अन्त्य गर्ने र पार्टी सङ्गठनको निमित्त पार्टीको अर्हायको जुनसुकै कामका लागि आफु तयार रहेको थापाले बताए ।