महाबु गाँउपालिकाको काँग्रेस सभापति पदमा कर्णबहादुर शाही विजयी
दैलेख : पछिल्लो समयमा देशैभर नेपाली काँङग्रेसको १४ औँ महाधिवेशन चलिरहेको छ । यस्तै गाँउपालिका र नगरपालिका अधिवेशनमा महाबु गाँउपालिकाबाट सभापति पदका उम्मेदवार कर्णबहादुर शाहीले जीत आफ्नो पोल्टामा पारेका छन् । हिजो सकिने भनेको अधिवेशन टुङ्गो नलागेपछि उक्त अधिवेशन अाइतबार सम्पन्न भएको हो ।
यस्तै सभापति पदमा महाबु गाँउपालिका २, बाट भीम थापा रहेका थिए , भने महाबु गाँउपालिका ३, बाटकर्ण बहादुर शाहीले उम्मेद्धावार दिएका थिए ।
शाहीले ५४ भोट ल्याएर विजयी भएका हुन भने उनका प्रतिदद्धी थापाले ४३ भोट पाएका थिए । यस्तै उपसभापतिमा लालबहादुर शाही र चक्रबहादुर गिरीले ४७/४७ भोट पाएर विजयी हासिल गरेका थिए ।







