Loading... आजः २०८३, ४ बैशाख शुक्रबार

लकडाउनको समयमा ८२ जना गाउँ भित्रिए, भित्रिने क्रम जारी


कृष्णप्रसाद अधिकारी
दैलेख ः जिल्लाको भगवतीमाई गाउँपालिकामा लकडाउनको समयम ८२ जना भित्रिएका छन ।

कोरोना भाइरसको महाँमारी बाट विश्वनै आक्रान्त रहेको बेला नेपालमा समेत यसको गहिरो प्रभाव परेको छ । यस्तो अवस्थामा नेपालबाट अन्य मुलुकमा काम गर्नकै लागि जाने नेपाली नागरिकहरु कोरोनाको श्रासले आफ्नै गाउँमा फर्कने क्रम जारी छ ।

नेपाललाइ सरकार चैत्र ११ गते देखि विभिन्न चरणमा म्याद थप्दै जेष्ट २० गते सम्म लकडाउन जारी राखेको छ । लकडाउनको २ महिना (जेष्ठ ९ गते) सम्म भगवतीमाई गाउँपालिकाका नेपाल बाहेक अन्य देश बाट मात्रै ८२ जनाभित्रिएको गाउँपालिकाको ततथाङ्कमा छ ।

कोरोनाको माहामारी अन्य गाउँमा जस्तै यस गाउँपालिकामा पनि फैलिन सक्ने कुरालाई मध्य नजर गर्दै गाउँपालिकाले उच्च निगरानी पढाएको भगवतीमाई गाउँपालिका प्रमुख प्रशासकीय अधिकृत बखत बहादुर खड्काले बताए ।

गाउँमा महामारी फैलिने हो की भन्ने कुराको मध्यनजर गर्दै गाउँपालिकाले विभिन्न नाकाहरुमा स्वयम सेवक समेत परिचालन गरि गाउँपालिका भित्र प्रबेश गर्ने जो कोहीलाई निगरानि गरिरहेको र विदेशबाट गाउँ फर्केकाहरुलाई विकास निर्माणका काममा लगाउने गाउँपालिकाका अध्यक्ष दान बहादुर थापाले बताए ।
भगवतीमाई गाउँपालिकामा मात्रै लकडाउनको समयमा ८२ जना भित्रिएका छन् ।

यो संख्या अन्य स्थानिय तह भन्दा केही कम भए पनि यस गाउँपालिका बाट बाहिर रहेका रेकड् हेर्नेहो भने करिब २५ सय नागरिक गाउँ गाउन सक्ने देखिन्छ । यदि उनिहरु गाउँपालिका भित्रिने हो भने सबैलाइ ब्यवस्थापन गर्ने समस्या हुने देखिन्छ ।
गाउँपालिकामा अहिले ५१ वटा क्वारेन्टिन रहेकोमा ९ जनालाई क्वारेन्टिेनम राखिएको भए पनि धेरै नागरिक एकै समयमा आएमा गाउँपालिकाले ब्यवस्थापन गर्ने समस्या पर्ने देखिएको गाउँपालिकाका सुचना अधिकारी प्रेम बहादुर खड्काले बताए ।

लकडाउनको समय (चैत्र ११ गते देखि जेष्ठ ९गते) सम्मा भारतबाट ७० जना, मलेसियाबाट १० जना , साउदी अरबबाट १ जना र चिनबाट १ जना गरि जम्मा ८२ जना भित्रिएका हुन । जस मध्य ७ जना महिला र ७५ जना पुरुष रहेका छन् ।

समाचार