Loading... आजः २०७८, ११ मंसिर शनिबार

ठगिदै नागरिक, प्रशासनले थाल्याे अनुगमन

दैलेख ः तिहार नजिकिँदै जाँदा दैलेखका बजारमा चहलपहल बढ्दै गएको छ । बजारमा विशेष गरी तेल, मैदा लगायतका खाद्यवस्तुको बिक्री वितरण बढेको छ । चाडपर्वको मुखैमा जिल्ला प्रशासन कार्यालय दैलेखले बजार अनुगमनलाई तीव्रता दिएको छ ।
चाडपर्वको समयमा हुन सक्ने महँगी र कालोबजारी नियन्त्रण गर्न जिल्ला प्रशासनमा प्रशासकीय अधिकृत आए सँगै बजार अनुगमनलाई तीव्रता दिएको हो । प्रशासनले गरेको बजार अनुगमनमा नारायण नगरपालिकाका नागरिकहरू अखाद्य बस्तुहरूबाट ठगिने गरेको पाइएको छ । मङ्गलवार दैलेख बजारमा गरेको अनुगमनका क्रममा नारायण नगरपालिकामा सञ्चालन भएका मासु पसल एग्रोभेट लगायतका पसलबाट ग्राहक ठगिने गरेको पाइएको जिल्ला प्रशासन कार्यालय दैलेखले जानकारी दिएको छ ।
जिल्ला भित्रका बजार अनुगमनको लागि प्रशासकीय अधिकृत गणेश प्रसाद कोइरालाको नेतृत्वमा अनुगमन गर्ने सुरु गरिएको छ । मङ्गलवार दैलेख सदरमुकाममा अनुगमन गर्दा अखाद्य बस्तुको बिगबिगी देखिए पछि बिहीबार नौमुले गाउँपालिकाको नौमुले बजार अनुगमन गरिएको हो ।
नौमुले बजारमा रहेका करिब २६ वटा विभिन्न (मेडिकल, मासु पसल, गोदाम, सवारी साधन) लगायत अन्य पसलहरू अनुगमन गरिएकोमा मेडिकल क्षेत्रमा धेरै बेथिति पाइएको प्रशासकीय अधिकृत गणेश प्रसाद कोइरालाले बताए ।
उनका अनुसार नौमुलेमा नौमुले हरि मेडिकल हल अवैध रूपमा सञ्चालन भएको छ । अबैध रुपमा संचालन भउको मेडिकलले गर्भपतन गर्ने औषधि समेत बिक्री गरेको अनुगमनका क्रममा भेटिएको उनले जानकारी दिए । नौमुले हरि मेडिकल हल नाम गरेको मेडिकल अनुमति बिना औषधि बिक्री गर्ने गरेको र बिना अनुमती गर्भपतन सेवा संचालन तथा अन्य सेवा समेत गरेको अनुगमनमा भेटीएको छ ।
यता नौमुले गाउँपालिकामा कार्यरत(अहेव) सुशील विष्टले करिब ८ लाखको अवैध औषधि बिक्री गरेको भेटिएकोले कारबाहीको लागि जिल्ला प्रशासनमा पठाइएको छ । त्यस्तै गाउँपालिकाका अर्का कर्मचारी सुमन न्यौपानेले पनि बिना अनुमति मेडिकल सञ्चालन गरिरहेको समेत स्थानीयले सूचना दिएको र उनिलाई फोन सम्पर्क गर्दा उनी सम्पर्कमा आएनन् नौमुलेमा सञ्चालन भएका अधिकाँश मासुपसलहरु दर्ता नै भएका छैनन् ।

गाउँमा चलने गाडीहरूले क्षमता भन्दा बढी यात्रु ओसार्ने गरेको गुनासो आइरहँदा बिहीबार सुरेन्द्र रिजर्भ सेवा लेखेको भे १ च ९६५ नं.५ सिट क्षमता भएको गाडिले १४ जना र पछाडि समेत यात्रु राखेको अनुगमनकै क्रममा फेला परेको कोइरालाले सौर्य दैनिकलाई जानकारी दिएका छन् । बजार अनुगमनको थालनि जिल्ला प्रशासनले गरे पनि जिल्ला स्थित उद्योग बाणिज्य संग स्वास्थ्य सेवा कार्यालय दैलेख, भेटेनरी लगाएतका सरोकारवाला कार्यालयका प्रतिनिधिहरु अनुगमनमा गएका थिए ।