Loading... आजः २०७९, २७ श्रावण शुक्रबार

सुनसान गुराँसे क्षेत्र

दैलेख ः दैलेखको गुराँस गाउँपालिका अन्तर्गतको गुराँसे बजार सुनसान जस्तै बनेको छ । दैलेख–सुर्खेत खण्ड अन्तर्गत गुराँसे बजारमा ठुला खालका यातायातका साधनहरू आवतजावत नहुँदा गुराँसे बजार सुनसान जस्तै बनेको छ ।
दैलेख सदरमुकामदेखि करिब ४०–४५ किलोमिटरको दूरीमा रहेको उच्च भागमा रहेको पर्यटकीय सम्भावना रहेको ठाउँमा सोही गाउँपालिका अन्तर्गतको घाम ताप्ने डाँडामा सडक चौडा गर्ने कार्य भयसङ्गै सो सडक अन्तर्गत सवारी आवागमनमा स्थानीय प्रशासनले रोक लगाएपछि सो सडक खण्ड अन्तर्गत सवारी साधन नगुड्दा सो क्षेत्र सुनसान हुन पुगेको हो ।
दैनिक जसो सयौको संख्यामा मान्छे ओहोर दोहोर गर्ने सो ठाउँमा सवारी साधन नगुड्दा नगण्य मात्रामा मान्छेहरूको उपस्थितिले सो क्षेत्रका व्यवसायीहरू चिन्तित छन्, चाडो भन्दा चाडो सडक चौडा गर्ने कार्य सम्पन्न भइदिएको भय ब्यावसायमा केही राहत र सो क्षेत्रमा चहलपहल हुने होटल व्यवसायीहरू बताउँछन् ।