दैलेख–सुर्खेत खण्ड अन्तर्गत सडक मर्मतको नाममा यात्रु ठगिँदै
दैलेखः दैलेख सुर्खेत सडक खण्ड अन्तर्गत सडक चौडा गर्ने काम सुचारु भयसँगै त्यस खण्डमा आवातजावत गर्ने यात्रुहरू ठगिँदै आइरहेका छन् । दैलेख–सुर्खेत सडक खण्ड अन्तर्गत गुराँस गाउँपालिको घाम ताप्ने डाँडामा सडक साघुरो भयसँगै सडक विभागले सडक चौडा गर्ने टेन्डर आबहान भयसँगै काम सुरु हुने भयपछि स्थानीय प्रशाशनले सो सडक हुँदै साना चार पाङग्रे गाडी बाहेक अन्य सवारी साधनहरू सो खण्ड हुँदै नजान आदेश जारिसङगै गुराँस गाउँपालिका क्षेत्र अन्तर्गतकै जिरो पोईन्ट हुँदै तल्लो डुङ्गेश्वर हुँदै बाबियाचौर बाङ्गेशिमल हुँदै सुर्खेत जाने रुट तयार गरे सङ्गै दैलेख सदरमुकामबाट सुर्खेत तर्फ यात्रा गर्ने यात्रुहरू सो रुट अन्तर्गत यात्रा गर्दा चर्को मूल्य तिर्नु परेको बसमा यात्री रमेश थापाले बताए ।
साबिकको बाटो हुँदै यात्रा गर्दा ३८० रूपैया तिरेर जानु परेकोमा अहिले ७४० रूपैया तिर्नु परेको थापाले बताए । स्थानीय प्रशाशनले सडक मर्मतका नाममा सो सडक खण्ड अन्तर्गत यात्रा नगर्न दिएको आदेशको मौका छोपी यातायात व्यवसायीहरूले चर्को रूपमा भाडा असुली गरेको जनगुनासो आउँदा समेत सम्बन्धित निकाय बेखबर छ । रोचक कुरा त के छ भने स्थानीय प्रशाशनले माथिल्लो डुङ्गेश्वर हुँदै साबिकको मर्मत हुँदै गरेको सडक मार्ग प्रयोग नगर्न आदेश दिएको छ विडम्बना सोही रुट हुँदै दिनमा १५–२० वटा गाडी सो रुट हुँदै गएको पाइएको छ तर साबिककै बाटोमा गाडीहरू गुडिरहँदा समेत यातायात व्यवसायीहरूले यात्रुसँग ७४० रूपैया असुल गरिरहेका छन् ।
यता स्थानीय प्रशाशनले मर्मत हुँदै गरेको सडक मार्ग हुँदै ठुला सवारी नलैजान आदेश जारी गर्ने उता प्रहरी सो निर्णयको कार्यान्वयनको वास्तानगरि बस सोही रूटहुंदै छुटाउने यता ३८० साबिकको सोही रुटको भाडादारमा ७४० रूपैया तिर्नुपर्दा बसमा यात्रा गर्ने यात्रुहरू चरम मर्कामा परेका छन् यस तर्फ सम्बन्धित निकायको ध्यान जान जरुरी देखिएको छ ।