Loading... आजः २०८०, ११ मंसिर सोमबार

निजामती कर्मचारी संगठन दैलेखको अध्यक्षमाः न्यौपाने

दैलेख ः नेपाल निजामती कर्मचारी सङ्गठन दैलेखको अध्यक्षमा महेन्द्र प्रसाद न्यौपाने सर्वसम्मत चयन भएका छन् ।
नेपाल निजामती कर्मचारी सङ्गठन दैलेखको ११ औँ जिल्ला अधिवेशन जिल्ला आयोजक समिति दैलेखले सदरमुकाममा आयोजित निजामती कर्मचारीहरूको भेलाले न्यौपानेलाई सर्वसम्मत रूपमा चयन गरेको हो ।
११ आँै जिल्ला अधिवेशन आयोजक समिति दैलेखका संयोजक पूर्ण बहादुर थापाको अध्यक्षतामा बसेको भेलाले सङ्गठनको अध्यक्षमा न्यौपाने लगायत २१ सदस्सीय जिल्ला कार्यसमिति गठन गरेको छ । जसमा अध्यक्षमा महेन्द्र प्रसाद न्यौपाने, उपाध्यक्षहरूमा क्रमशः सुनिल न्यौपाने,अभिसरा सिंह, सचिव कृष्ण माझी, सहसचिव मान बहादुर कार्की, कोषाध्यक्ष लोकेश कुमार शाही, सदस्यहरूमा, शैलेन्द्र थापा, लिल रोकामगर, सुमन ढकाल, दिनेश कुमार रोकाय, देवेन्द्र अधिकारी,लालमनि खनाल, राजेन्द्र बि.सी. लव ब सिजापति,गणेश बहादुर शाही, मदन तिमिल्सेना, रजनी थापा, सृष्टि थापा, टोप बहादुर बुढा, सुजन बिक, डिल कुमारी योगीलाई सर्वसम्मत रूपमा चयन गरेको हो ।
कार्यक्रमको प्रमुख अतिथि दैलेख निर्वाचन क्षेत्र न. १. का माननीय रबिन्द्रराज शर्मा, विशिष्ट अतिथि लेखनाथ कोइराला विशेष अतिथि पूर्ण प्रसाद ढकाल, अतिथिहरूमा भवानी दाहाल, प्रयागराज शर्मा, गोविन्द अधिकारी सुरेन्द्र शाही, प्रकाश खड्का, नवीन पाण्डे, लाल प्रसाद पोखरेल, विनोद शाही र शङ्कर भण्डारी रहेका थिए ।