तोकिएको ठाउँमा बसपार्क नभएकोभन्दै वडा बासिले गरे आन्दोलन
दैलेखः दैलेख सदरमुकाममा रहेको मात्र बसपार्कमा बस नआउँदा वडावासीहरूले आन्दोलन गरेका छन् । दैलेख सदरमुकामको नारायण नगरपालिका वाड नं.६ मा बसपार्कमा निमित्त आवश्यक बसपार्क तथा भौतिक संरचना तयार भइसक्दा समेत यातायात समितिको मनोमानीको कारणले घुराघुरे दैलेख सदरमुकामको सडक अस्तबेस्त भएको भन्दै तोकिएको ठाउँमा समितिले गाडीहरू लिन नमान्दा बसपार्क आसपासका वडावासीहरूले आन्दोलन गरेका हुन् ।
विरोध स्वरूप कालो ब्यानरमा विरोध स्वरूप ६ न को काडाचाैर बसपार्क कायम गर २०१८ मंसिर १४ को सर्व समिति निर्णय कार्यान्वयन गर भन्दै सैयाैकाे संख्यामा सिट्ठी जुलुस निकाल्दै बजार परिक्रमा पश्चात् नारायण नगरपालिकाका नगरप्रमुखलाई आन्दोलनको बिज्ञेप्ति हात पारेका थिए ।
भौतिक संरचना देखि पर्याप्त बस राख्नका निमित्त संरचना बनिसक्दा समेत यातायात समितिको मनाेमानीका कारण घुराघुरे सडकमै बसपार्क गर्दै अाईरहका छन् ।
घुराघुरे बाटो साथै सरकारी जग्गामा समेत दिनानुदिन अतिक्रमण गएको भन्ने जनगुनासो अायसंगै स्थानीय प्रशासनले मिति २०७८ मंसिर ५ गते नारायण नगरपालिका कार्यालयलाई बसपार्क व्यवस्थापन सम्बन्धको शीर्षकमा बजार अस्तव्यस्त भएको बजार क्षेत्रको साैन्दर्यता ह्रास आएको तथा नजिकै रहेको सरकारी जग्गा अतिक्रमण भएको भन्दै नगरपालिकालाई बसपार्क व्यवस्थापन गर्न पत्राचार गरे पनि नारायण नगरपालिकाको उदासीनताले अस्त व्यस्त रूपमा सदरमुकाममा बस राख्ने काम भइरहेको छ ।२०७८ मंसिर १४ गते सर्वपक्षीय छलफल पश्चात् बसपार्क तोकिएको ठाउँमा लैजाने सहमति भय तापनि बस व्यवसायी समिति र नगरपालिकाका उदासीनताका कारणले बसपार्कमा बस नगएको स्थानीयहरू बत्ताउँछन् ।
कराैडाै रकम खर्चिएर निर्माण सम्पन्न गरेको बसपार्कमा बस नजाने साथै दैलेख सदरमुकामको मुख्य चौकमा यत्रतत्र छरिएर बसपार्क गर्नाले बजार क्षेत्रको साैन्दर्यतामा समेत ह्रास आउनुको साथै सार्वजनिक जग्गासमेत अतिक्रमण हुँदा समेत सम्बन्धित निकाय मुख दर्शक हुनुमा वडावासीहरू अचम्मित परेका छन् ।
