दुल्लु १३ मा अस्थायी प्रहरी चौकी स्थापना
दैलेख ः जिल्लाको दुल्लु नगरपालिका वडा नं १३ बैंक बजारमा अस्थायी प्रहरी चौकी स्थापना गरिएको छ । आइतबार दुल्लु नगरपालिका इलाका प्रहरी कार्यालय मातहत दुल्लु नगरपालिका वडा नं १३ नयाँ अस्थायी प्रहरी चौकी स्थापना गरिएको हो ।
आइतबार स्थापना गरिएको अस्थायी प्रहरी चौकी उद्घाटन कार्यक्रमा बोल्दै कार्यक्रमका प्रमुख अतिथि एवम दुल्लु नगरपालिका नगर प्रमुख घनश्याम भण्डारीले जिल्ला प्रहरी कार्यालय दैलेख मातहत रहने सबै प्रहरी चौकी यस क्षेत्र देखि टाढा रेहेको र गाउँमा केही घटना घटिहालेमा तत्काल प्रहरी पुग्न नसक्ने समस्यालाइ मध्यनजर गर्दे यस क्षेत्रको सान्ति सुरक्षा कायम राख्नको लागि अस्थायी प्रहरी चौकी राख्नु परेको बताए ।
अस्थायी प्रहरी चौकी उद्घाटन भए पछी गाउँमा उपराधिक घटना कम हुने तथा स्थानियको सान्तीसुरक्षामा सहज हुने कार्यक्रमका सहभागिहरुले बताएका छन् ।




