Loading... आजः २०८३, ४ बैशाख शुक्रबार

कर्णालीमा संक्रमितकाे संख्या ११ पुग्याे

सुर्खेत ः  कर्णाली प्रदेशमा काेराेना भाइरस संक्रमितकाे संख्या ११ पुगेकाे छ। प्रदेश अस्पतालकाे प्रयाेगशालामा परीक्षण गरिएका मध्ये साेमवार थप दुई जनामा काेराेना संक्रमण पुष्टि भएकाे प्रदेश स्वास्थ्य निर्देशनालयले जनाएकाे छ।

निर्देशनालयले जारी गरेकाे विज्ञप्तिका अनुसार संक्रमित दुबै दैलेखकाे गुरास गाउँ पालिकाका पुरूष हुन। भारतवाट अाएका दुबै जनाकाे बबईमा अारडिटि परीक्षण गरिएकाे थियाे। अारडिटी परीक्षणमा पाेजेटिभ देखिएपछि पीसीअार परीक्षण गरिएपछि संक्रमण पुष्टि भएकाे हाे।

यसअघि अाइतवारनै दैलेखका ५ जनामा संक्रमण पुष्टि भएकाे थियाे। कर्णालीमा काेराेनाबाट सबैभन्दा प्रभावित जिल्ला दैलेख भएकाे छ। दैलेखमा हालसम्म ८ जनामा संक्रमण पुष्टि भएकाे छ।

समाचार