कोरोनाको उच्च जोखिममा दैलेख, दुई महिनामा ६ हजार भन्दा बढी नागरिक भित्रिए
कृष्णप्रसाद अधिकारी
दैलेख ः दैलेख जिल्लामा अहिले बाहिरी मुलुकबाट आउँने नागरिकहरुको संख्या हात्तै बढेको छ । बाहिरबाट आउँने नागरिकको संख्या बढे संगै दैलेख जिल्लाका सबै क्यारेन्टिन भरिएका छन् । क्वारेन्टिन भरिए पछि बाहिरबाट आउँने नागरिकलाइ भेडा बाख्रा हुलेसरी एउटै कोठामा हुल्नु पर्ने बाध्यता सिर्जना भएको छ । उनिहरुलाइ खान बस्न समेत समस्या जानकारी आएको छ ।
कोरोना भाइरसको महाँमारी बाट विश्वनै आक्रान्त रहेको बेला नेपालमा समेत यसको गहिरो प्रभाव परेको छ । यस्तो अवस्थामा नेपालबाट अन्य मुलुकमा काम गर्नकै लागि जाने नेपाली नागरिकहरु कोरोनाको श्रासले आफ्नै गाउँमा फर्कने गरेपछी सहर भन्दा गाउँमा कोरोनाको महामारी फैलिने कुरालाइ मध्यनजर गर्दै ।
विविन्न स्थानिय तहहरुले बाहिरबाट आउँने नागरिकलाई १४ दिन सम्म क्यारेन्टिनमा राख्ने ब्यवस्था मिलाए पनि कति जनालाइ राख्ने ? क्यारेन्टिन भरिएका छन् । क्वारेन्टिन भरिए पछि उनिहरुलाई कहाँ राख्ने, आइतबार सम्म दैलेख जिल्लामा भित्रिनेको संख्या ६ हजार भन्दा माथि रहेको सहायक प्रमुख जिल्ला अधिकारी इन्द्र बहादुर क्षेत्री बताए ।
उनका अनुसार दैलेख जिल्लामा चैत्र ११ गते देखि आइतबार सम्म छ हजार नागरिक भित्रिएका छन् । आइतबार सम्म भित्रिएका नागरिलाइ ब्यवस्थापन गरे पनि, आउँदा दिनमा भित्रिनेहरुलाइ जिल्लामा राख्न समेत ठाउँको अभाव भएको छ । जिल्लामा भएका सबै विद्यालयहरु भरिएका छन् ।
ब्यवस्थापन गर्ने समस्या
जताततै लकडाउनले समस्या बनाएको समयमा रोजगारिकै लागि विदेशिने नागरिकहरु घर फर्कन लागे पछी दैलेखका स्थानिय तहमा ब्यवस्थापन गर्ने समस्या भएको हो । जिल्लामा निर्माण गरिएका क्वारेन्टिन अपुग भएका छन् । दैलेखका ११ स्थानीय तहमा ८६१ वटा क्वारेन्टिन निर्माण गरेको भएपनि दैनिक रुपमा नागरिक जिल्ला भित्रिन थालेपछि अहिले त्यसको व्यबस्थापनमा समस्या देखिएको हो ।
भारत लगायत अन्य जिल्लाबाट आएका नागरिकको व्यवस्थापनमा हामीलाई ठुलो चुनौती बनेको महाबु गाउँपालिकाका अध्यक्ष जंग बहादुर शाहीले बताए । यता दुल्लु नगरपालिकाका भित्रिने नागरिलाई विच्छाउने पि फम समेत अभाब भएको दुल्लु नगरपालिकाका प्रमुख घनश्याम भण्डारीले बताए ।
जिल्लामा कीट अभाब
जिल्ला भित्रिनेको संख्या बढेसँगै अहिले दैलेखमा कोरोना परीक्षण गरिने आरडिटी कीट समेत अभाब भएको छ । यस्तो अवस्थामा परिक्षण धेरैमात्रामा गर्ने पर्ने भए पनि परिक्षण किट नहुँदा समस्या झनै परेको स्वास्थ्य सेवा कार्यलय दैलेखका प्रमुख डा. निरन्जन पन्तले बताए ।
कर्णालीमा दैलेखका संक्रमित धेरै
विश्वमा जस्तै नेपालमा पनि कोरोना संक्रमितको संख्या ह्वात्तै बढेको छ । यसरी संख्या बढदै गएको वेला कर्णाली प्रदेश सबैभन्दा कम संक्रमित भेटिएको भए पनी बाहिर बाट आउँने नागरिक धेरै भएकोले जोखिम भने कम छैना । जेठ ५ गते जिल्लाको पश्चिममा पर्ने आठबिस नगरपालिका १ का ३५ वर्षीय युवामा पहिलो पटक कोरोना संक्रमण देखिएको थियो । सोमबारसम्म दैलेखका ७ जनामा कोरोनाको पुष्टि भइसकेको छ । जसअन्तर्गत सुर्खेतमा कोरोनाका ३ जना बिरामी छन् भने दैलेखमा ८ विरामी प्रदेशकै बढि हुन ।
पानीको ब्यवस्या गर्याे पार्कइनले
बाहिर बात्र आउँने नागरिकले पानी समेत नपाउँने भए पछी जिल्लाका पार्क इन होटेलले उनिहरुलाई सोमबार पानिको व्यवस्था गरेको थियो । विदेशबाट आयका नागरिले पानी समेत नपाएको भन्दै नागरिलाई मानविय धर्म निभाउदै उनिहरुलाइ पानीको ब्यवस्था गरेको वास्न थापाले बताइन ।




