सुर्खेतका थप १२ जनामा कोरोना संक्रमण, कर्णालीमा संक्रमितको संख्या २३ पुग्यो
सुर्खेत: कर्णाली प्रदेशमा कोरोना भाइरस संक्रमितको संख्या २३ पुगेको छ । मंगलबार बिहानमात्रै १२ जनाको पिसिआर रिपोर्ट पोजेटिभ आएको हो ।
आइतबार बंबई, सुव्बाकुना र घण्टाघरमा रहेको क्वारेन्टाइनमा बसेकाहरूबाट लिइएको रिपोर्ट पोजेटिभ आएको प्रदेश अस्पताल सुर्खेतका मेडिकल सुपरिटेन्डेन्ट डाक्टर डम्बर खड्काले जानकारी दिए । सोमबार साँझसम्म दैलेखका ८ जना र सुर्खेतका ३ गरि जम्मा ११ जना संक्रमित थिए ।
मंगलबार बिहान रिपोर्ट पोजेटिभ आएका १२ जनामध्ये १० जना वीरेन्द्रनगर नगरपालिकाका र २ जना सिम्ता गाउँपालिकाका रहेको उनले बताए ।
उनिहरू १२ जनाकै स्वाव प्रदेश अस्पताल सुर्खेतमै जाँच गरिएको र अबदेखि रिकन्फर्मको लागि नेपालगन्ज पठाउनुनपर्ने खड्काले बताए ।
योसंगै सुर्खेतमा कोरोना संक्रमितको संख्या १५ पुगेको छ । यसअघि बराहताल गाउँपालिकाका २ र चौकुने गाउँपालिकाका १ गरि सुर्खेतका ३ जनमा कोरोना संक्रमित थिए ।




