आफन्त नभएपछि जंगलमा सुत्केरी
झलक गिरी
दैलेख (महाबु )ः महाबु गाउँपालिकाको गैडावाज बजार नजिक जंगलमा सुत्केरी भएकी एक महिलाको गाउँपालिकाले उद्वार गरेको छ।
सोमबार बिहान करिब ११ बजे महाबु गाउँपालिकाको गैडावाज बजार क्षेत्र नजिक घोडामर्छे विच जंगलमा सुत्केरी भएकी एक महिला भेटिएकि छन् ।
सुत्केरीका अनुसार महाबु गाउँपालिका वडा नं.१ खरिगैराको भाब्र घर भएको र आफन्त कोहि नभएको उनले बताइन् ।
सुत्केरीलाई गाउँपालिकाको टोलि सहित स्वास्थ्यकर्मीले उद्वार गरेर रानिवन स्वास्थ्य चौकी मा राखी सेवा दिएको र उनको नाम समेत नखुलेको रानिवन स्वास्थ्य चौकी प्रमुख दुर्गा कुमारी शाहिले जानकारी दिएकी छन् । सुत्केरीका आफन्त कोहि नभएपछि उनलाई चामल, दाल, नुन कपडा दिएर स्वास्थ्य चौकीमै उनलाई बस्ने व्यवस्थापन मिलाएको चौकी प्रमुख शाहिले जानकारी दिईन् ।




