Loading... आजः २०८३, ४ बैशाख शुक्रबार

आधारभुत विद्यालयमा १३०, एउटै कोठामा ३० जना

कृष्णप्रसाद अधिकारी
दैलेखः जिल्लामा अहिले बाहिरी मुलुकबाट आउँने नागरिकहरुको संख्या बढेपछी ठुलो चुनौती थपिएको छ । बाहिरबाट आउँने नागरिकको संख्या बढे संगै दैलेख जिल्लाका सबै क्यारेन्टिन भरिएका छन् । क्वारेन्टिन भरिए पछि बाहिरबाट आउँने नागरिकलाइ भेडा बाख्रा हुलेसरी एउटै विद्यालयमा १३० जना र एउटै कोठामा ३० जना राख्नुपर्ने बाध्यता सिर्जना भएको छ । अहिले उनिहरुलाइ पानी समेत खानको लागि समस्या भएको छ ।

कोरोना भाइरसको महाँमारी बाट विश्वनै आक्रान्त रहेको बेला नेपालमा समेत यसको गहिरो प्रभाव परेको छ । ठूलो सास्ती खेपेर भारतबाट आफ्नो जिल्ला आइपुगेका दैलेखका नागरिकले क्वारेन्टाइनमा पनि उस्तै दुःख पाएका छन् । क्वारेन्टाइनको व्यवस्थापन भद्रोगल हुँदा एउटै कोठामा ३० जनासम्म कोच्चिएर बसेका छन् । यसरी बसेका उनिहरुमा संक्रमणको जोखिम बढेको छ ।

एउटै कोठामा ३० जनासम्मलाई कोचाकोच गरी बसेकोले आफुहरुलाई अफ्ठारो परेको भैरवी गाउँपालिका वडा न १ को नेपाल राष्ट्रिय आधारभुत विद्यालय महातारा गाउँको क्वारेन्टिनमा रहेका एक जनले बताए । उनले भने आफुहरु भारतको गुजरातबाट आएको तिन दिन भइ सक्दा समेत एक पटक मात्र खाना खान पाएको र आफुहरु राखिएको विद्यालयमा रेखदेख गर्ने समेत नभएकोले गाउँभरी कोरोनाको संक्रमण फैलिने निश्चित रहेको छ ।

स्थानीयका अनुसार उक्त गाउँका क्वारेन्टिनमा न सुत्ने व्यवस्था राम्रो छ न खाना र शौचालयकै सुविधा गतिलो । एउटै कोठामा २० देखि ३० जनालाई सुताइँदा अन्य स्वास्थ्य समस्या संक्रमणको जोखिमसमेत बढेको स्थानीय प्रकाश विष्टले जानकारी दिए ।

बाहिरबाट आउँनेको संख्या धेरै भएकोले उनिहरुलाई राख्न समस्या भएको भैरवी गाउँपालिका वडा नं १ का वडा अध्यक्ष काशिराम कार्कीले बताए । उनका अनुसार वडामा वजेट नहुनु सरकारले कोरोना रोकथामको लागि बजेट नदिनु र गाउँपालिकामा बाहिरबाट आउँने नागरिकको संख्या धेरै भएकोले र अनेत्र विकल्प नभएकोले एउटै विद्यालयमा १३० जना राख्दा समेत ठाउँ नपुगेकोले समस्या भएको छ ।

समाचार