संक्रमितलाइ रोग प्रतिरोधात्मक आयुर्वेदिक औषधी
कृष्णप्रसाद अधिकारी
दैलेख ः दैलेखमा कोरोनाका विरामीलाई रोग संग लड्न प्रतिरोधात्मक आयुर्वेदिक औषधी प्रयोग गरिएको छ ।
कोरोना भाइरसको महाँमारी बाट विश्वनै आक्रान्त रहेको बेला नेपालमा समेत यसको गहिरो प्रभाव परेको छ । यस्तो अवस्थामा नेपालबाट अन्य मुलुकमा काम गर्नकै लागि जाने नेपाली नागरिकहरु कोरोनाको श्रासले आफ्नै गाउँमा फर्कीए, नेपालमा भन्दा अन्य देशमा पहिलेनै यो रोग फैलिसकेको कारण त्यस्ता देशहरु बाट आउँने नागरिक संगै कोरोना भाइरस नेपालमा भित्रिए पछि दैलेख जिल्लामा पनि कोरोनाका विरामी बढि रहेका छन् ।
विरामी बढ्दै गएपछी जिल्ला नै आक्रान्त बनेको छ । जिल्लामा भित्रिने नागरिकहरुको संख्या दिन प्रतिदिन बढेपनि चेकजाँच भने सुस्त छ । अहिले सम्म दैलेखमा कोरोनाका विरामी १६ जना पुगि सकेका छन् विरामी बढ्ने कुरालाइ मध्यनजर गर्दे विभिन्न पालिकाले निगरानी राखेका छन् ।
जिल्लामा भएका विरामी मध्य एकजान क्षेत्रिय अस्पताल कालागाउँ र थप १५ जनालाइ स्वास्थ्य सेवा कार्यालय दैलेखमा नै उचार भईरहेको र उनिहरुको अवस्था सामान्य रहेको स्वास्थ्य सेवा कार्यलय दैलेखले जनाएको छ ।
अहिले सम्म दैलेखमा कोरोनाका बिरामी हुनेहरुमा भने पुरुष भन्दा महिलाको संख्या बढि देखिन्छ । कोरोना भाइरसलाइ जित्नको लागि रोग संग लड्न रोग प्रतिरोधात्मक क्षेमता बढाउनको लागि यहाँका बिरामीलाई अन्य औषधी संगै प्रतिरोधात्मक आर्वेदिक औषधी प्रयोग गरिएको छ ।
स्वास्थ्य तथा जनसंख्या मन्त्रालय, आयुर्वेद तथा वैकल्पीक चिकिस्या विभागको निर्देशनमा ७ जना कोरोना संक्रमीतलाई अश्वगन्धा, यष्टिमधु, तुलसी चिया, गुढुची (गुर्जाे) लगाएतका औषधीको प्रयोग गरिएको स्वास्थ्य सेवा कार्यालय आयुर्वेद शाखा दैलेखका आयुर्वेद चिकित्सक डा. प्रशन्न नेपालले जानकारी दिए । उनका अनुसार यस्ता औषधीले रोग संग लड्ने क्षेमता वढाउने हुँदा कोरोना संक्रमितलाई समेत प्रभावकारी हुने भएकाले यस्ता औषधी प्रयोग गरिएको हो ।




