जहाँ चौर देख्यो खेती सुरुगर्ने होइन : सान्सद रेग्मी
कृष्णप्रसाद अधिकारी
दैलेख : कर्णाली सरकारको विनियोजन विधेयक २०७७ माथि सुझाव राख्दै माननीय धर्मराज रेग्मीले जहाँ चौर देख्यो त्यही खेती गर्न नहुने बताएका छन् ।
विहीबार प्रदेश सभामा आफ्नो सुझाव राख्दै माननीय धर्मराज रेग्मीले यस्तो बताएका हुन ।
प्रदेश सभामा बोल्दै विनियोजित बजेटका सिद्धान्त,उद्देश्य र प्रमुख नितिनीयमका बारेमा बोल्दै कर्णाली सरकारले फन्टलाइनमा काम गरिरहेको भए पनि बजेटको आकार हर्ने हो भने यस अघिका ३ बर्षमा कार्यान्वयन नभएको टिप्पणी गरे उनले भने हामीले निर्माण गरिरहेको बजेट समाजबाद उन्मुख प्रणाली हो की ? पुजिबाद आर्थिक प्रणाली हो ।
बजेट समग्रम राम्रो हुने प्रतिफल नहुनुमा सरकारको कम्जोरी हुनसक्ने बताउँदै यस बर्ष कोरोना भाइरसले चुनौती दिएको छ । यस अघिका बजेट कार्यन्वयन नभएको अवगत गराउँदै कोरोना नभएको भए हाम्रो हालत के हुने थियो ? उनले प्रश्न गरे ।
ग्रामिण बस्तीमा कस्ता खालका योजना र बजेट चाहिन्छन् त्यो कुरामा गम्भिर नभएर हामीले हिन्दै जाँदा जहाँ चौर देख्छौ त्यही पुष्प खेती गर्ने, खोला देखे पुल निर्माण गर्ने, नदि देखे पर्यटन क्षेत्र निर्माण गर्ने भनेर नहुने भएकोले पहिले निति तथा कार्यक्रम पास गर्नेपर्नेमा जोड दिए ।
कोरोनाको संक्रमण फैलिदै गएको समयमा प्रदेश सरकारले कतिवटा एम्बुलेन्स, एम्बुलेन्स चालक तयारी अवस्थामा राख्नु पर्नेहो भन्ने बारेमा ध्यान जान जरुरी रहेको सुझाव दिए । उनले भने सरकारले अब कति वटा रोजगारी दिन सक्ने हो त्यसको क्याटागोरी बनाएर रोजगारी दिन समेत प्रदेश सरकारलाई आग्रह गरे ।





