मुगुका ४२७ जनाको पिसिआर रिपोर्ट नेगेटिभ
मुगु : हिमाली जिल्लामा ४ २७ जनाको पिसिआरबाट कोरोना रिपोर्ट नेगेटिभ आएको छ । गत मंगलबार मुगुका तीन स्थानिय तहमा रहेका क्वारेन्टाईनमा बस्दै आएका ५ सय ३५ जनाको स्वाब संकलन गरि कर्णाली स्वास्थ्य विज्ञान प्रतिष्ठान शिक्षण अस्पताल जुम्लाको प्रयोगशालामा पठाई परीक्षण गर्दा ४ सय २७ जनाको रिपोर्ट नेगेटिभ आएको जिल्ला स्वास्थ्य सेवा कार्यालय मुगुले जनाएको छ ।
कार्यालयका अनुसार छिमेकी देश भारत तथा तेस्रो मुलुकबाट र अध्यन गर्न जिल्लाभन्दा बाहिर गएका व्यक्तिहरुको स्वाब संकलन गरि जुम्ला प्रयोगशालामा परीक्षण गर्दा संकलितहरुको रिपोर्ट नेगेटिभ आएको जिल्ला स्वास्थ्य सेवा कार्यालयका प्रमुख डा. निर्मल नगरकोटिले बताए । जिल्लाको एक मात्र नगरपालिका छायानाथ रारा नगरपालिकाले स्थापाना गरेको क्वारेन्टाईनबाट ७७ जना क्वारेन्टाईनमा बसेका अन्य प्रत्यक्ष संलग्न सुरक्षाकर्मी, स्वास्थ्यकर्मी १ सय १५ जनाको स्वाब संकलन गरि परीक्षण गर्दा रिपोर्ट नेगेटिभ आएको हो ।
यसको तीन दिन अगाडि परीक्षणको लागि जुम्लामा पठाइएको थियो । त्यस्तै, जिल्लामा रहेका ३ वटा स्थानिय तहमा क्वारेन्टाईनमा बस्दै आएका ५ सय ३५ जनालगाएत सुरक्षाकर्मी, स्वास्थ्यकर्मी गरि सोरु गाँउपालिकाका १ सय ७० जना मध्येको ७५ जनाको पिसिआर रिपोर्ट नेगेटिभ आएको छ भने ९५ जनाको रिपोर्ट आउन बाँकी रहेको छ ।
त्यस्तै, खत्याड गाँउपालिकाका २ सय ४३ जना मध्ये २ सय २० जनाको नेगेटिभ आएको छ भने २३ जनाको रिपोर्ट आउन बाँकी रहेको डाक्टर नगरकोटिकले जनाएका छन । मुगु जिल्लाबाट पठाइएका ५ सय ३५ स्वाब मध्ये १ सय ८ जनाको परीक्षण गर्न बाँकी रहेको कर्णाली स्वास्थ्य विज्ञान प्रतिष्ठान शिक्षण अस्पताल जुम्लाले जनाएको छ ।
सदरमुकाम गमगढी बजारमा रहेको श्री महाकाली नमुना माद्यामिक विद्यालयमा बसेका जम्मा ७४ जनालाई आज सबैको रिपोर्ट नेगेटिभ आएपछि घर पठाइएको छायानाथ रारा नगरपालिकाका नगरप्रमुख हरिजंग शाहीले जानकारी दिए । शाहीका अनुसार छिमेकी देश भारतबाट आएका १० जना हाल सोही क्वाराईन्टाईनमा राखीएको छ ।
(साैर्य दैनिक बाट)




