Loading... आजः २०८३, ४ बैशाख शुक्रबार

सभ्यताको फुलरोपि आगनी को छेउछाउमा-(गजल)

सभ्यताको फुलरोपि आगनी को छेउछाउमा।

ज्युने मर्ने मन छ मलाई जन्मेको गाउँमा ।।

 

लक्ष्यका पाइलाहरु चिप्लाइरहे सधै मेरा ।

पलाउदा याद ल्याउ सरि जिन्दगी को तलाउमा।।

 

भेट्छु भन्दै सुखको क्षितिज भौतारिदा-भौतारिदै।

धेरै बिझेका छन दुःखका काडा यि पाउमा।।

 

म शुन्य र उजाड जीवनको प्रदशन गरु कसरी ।।

अनेक आशाको शिलान्यास गरेका आमा बाउमा।।

 

खुसी पोखिन्छ दुख जोडिन्छ फेरिरहन्छन चिन्ह ।

चलेको हुन्छ जीवन यस्तै जोड घटाउमा।।

  • रचना अधिकारी (त्रिबेणाी ) ,दैलेख 

समाचार