Loading... आजः २०८३, ४ बैशाख शुक्रबार

दैलेखका पत्रकारलाई मनघरी फाउन्डेसनको सहयोग

कृष्णप्रसाद अधिकारी
दैलेख ः दैलेखी सेवा समाज, काठमाडौँ र मनघरी फाउन्डेसन नेपालले दैलेखका पत्रकारलाई स्वास्थ्य सुरक्षा सामग्री सहयोग गरेको छ ।
दैलेख जिल्ला कोरोनाको उच्च जोखिम भए सँगै जिल्लामा रहेर समाचार सङ्कलन गरिरहेका पत्रकारका समस्यालाई मध्य नजर गर्दै पत्रकारलाई स्वास्थ्य सुरक्षा सामाग्री सहयोग गरिएको हो ।
दैलेखका पत्रकारहरू यति बेला ज्यानको बाजी थापेर काम गरिरहेको र उनीहरूमा कोरोना समस्या हुनसक्ने कुरालाई ध्यानमा राखी सजग भएर काम गर्नु पर्ने अवस्थामा पत्रकारमा समेत कोरोनाको जोखिम भएकाले कोरोना भाइरसको सङ्क्रमण बाट जोगिन पत्रकारलाई स्वास्थ्य सामाग्री हस्तान्तरण गरिएको मनपरी फाउन्डेसन नेपालले जनाएको छ ।
शविबार सक्रिय रूपमा कलम चलाएका दैलेखका ३० जना प्रकारलाई प्रेस जकेट, के एन ९५ मास्क र सेनिटाइजर हस्तान्तरण गरिएको थियो ।
पत्रकारको लागि पठाएको स्वास्थ्य सामाग्री बुझ्दै नेपाल पत्रकार महासङ्घ दैलेखका अध्यक्ष चक्र केसीले दैलेखका पत्रकारहरूले कोरोनाको सङ्क्रमण नियन्त्रण गर्ने ठुलो भूमिका लेख्दै आएको र दैलेखी पत्रकारले समाजमा सकारात्मक सन्देश जाने गरी आफ्नो कलम चलाउन आग्रह गर्दै स्वास्थ्य सामाग्री सहयोग गर्ने फाउन्डेसनलाई धन्यवाद समेत दिएका छन् ।
मनपरी फाउन्डेसनले दैलेख जिल्लाका पत्रकारलाई मात्र नभई कर्णालीका प्राय जस्तो स्थानमा समेत महामारी रोकथामको लागि आवश्यक सहयोग गर्दे आएको छ ।

समाचार