Loading... आजः २०८३, ४ बैशाख शुक्रबार

अब कोरोनाको परीक्षण दैलेखमै हुने

कृष्णप्रसाद अधिकारी
दैलेख ः कोरोना भाइरसको उच्च जोखिममा रहेका दैलेख जिल्लामा पिसिअार मेसिन आए सँगै अब कोरोनाको परीक्षण दैलेखमै हुने भएको छ  ।
कोरोना सङ्क्रमण फैलिए सँगै दैलेखमा कोरोना भाइरसको चेक जाँचको लागि अब दैलेखले अनेत्रको भर पर्नुपर्ने छैन शुक्रवार दैलेखमा कोरोना परीक्षणको लागि मेसिन आइसकेको स्वास्थ्य सेवा कार्यालय दैलेखले जनाएको छ ।

स्थानीय पूर्वाधार विकास साझेदारी कार्यक्रमको बजेटबाट दैलेखमा पिसिआर मेसिन खरिद गरिएको छ । पीसीआर मेसिन नहुँदा दैलेखमा सङ्कलन गरिएको स्वाब परीक्षणका लागि प्रदेश अस्पतालको पशुपन्छी रोग अन्वेषण प्रयोगशाला सुर्खेत र कर्णाली स्वास्थ्य विज्ञान प्रतिष्ठान जुम्लामा पठाउनुपर्ने बाध्यताको समेत अन्त्य हुनेछ ।

कोरोना सङ्क्रमितको सङ्ख्या बढ्दै गएपछि परीक्षणमा ढिलाइ भएपछि मेसिन खरिद गरिएको प्रतिनिधि सभा सदस्य एवं स्थानीय पूर्वाधार विकास साझेदारी कार्यक्रम सञ्चालन समितिका संयोजक रविन्द्रराज शर्माले बताए । दैलेखमा प्रयोगशाला स्थापनाका लागि भवन निर्माणाधीन अवस्थामा छ . पशु सेवा अस्पताल तथा पशु सेवा कार्यालय परिसरमा भवन निर्माण अन्तिम चरणमा पुगेको बताइएको छ । भवन निर्माण सकिए लगत्तै मेसिन जडान गरेर परीक्षण थालिने सांसद शर्माले बताए ।

मेसिन सहित अन्य उपकरण र स्वाब सङ्कलनका लागि एक हजार किट शुक्रवार दैलेख आई पुगेको छ । प्रयोगशाला सञ्चालनका लागि ६ जनाको प्राविधिक टोली दैलेख आइसकेको सांसद शर्माले बताए .
निर्वाचन क्षेत्र नम्बर १ को स्थानीय पूर्वाधार विकास साझेदारी कार्यक्रम अन्तर्गत दैलेख बजार– महाब’ कालिकोट सडक खण्ड निर्माणका लागि ५ करोड (४लाख ६) हजार रुपैयाँ विनियोजन गरिएको थियो । यस सडकको टेण्डर घटाउँदा बाँकी रहेको रकम बाट मेसिन खरिद गरिएको छ ।

मेसिन दैलेखमा आए पनि परीक्षण भने १० गतेबाट हुने जानकारी अस्पतालले दिएको छ । दैलेखमा आएको पिसिआर मेसिनबाट सके सम्म धेरैको परीक्षण गर्ने आफू लागि पर्ने मेसिनका इन्चार्ज ल्याब प्राविधिक शङ्कर शाहीले बताए ।

समाचार