Loading... आजः २०८३, ४ बैशाख शुक्रबार

विश्व योग दिवस ‘सरकारले चिनेन योग र आयुर्वेदलाई’

Yogकृष्णप्रसाद अधिकारी
दैलेख ः विश्व यति बेला कोरोना भाइरस (कोभिड–१९) बाट आक्रान्त भएको छ । कोरोना भाइरसको सङ्क्रमितको सङ्ख्या गुणात्मक हिसाबले बढी रहेको छ । अहिले सम्म कोरोनाको औषधि समेत बनेको छैन । यदि औषधि बनी हालेमा नेपालमा औषधि आउन करिब १ वर्ष लाग्ने अनुमान गर्ने सकिन्छ । यस्तो अवस्थामा समेत नेपाल सरकारले योग र आयुर्वेदिक औषधि प्रशस्त मात्रमा उत्पादन गर्नुपर्ने भए पनि सरकारले चिनेन योग र आयुर्वेदलाई ।

दैलेखमा कोरोना सङ्क्रमितलाई रोग सँग लड्न प्रतिरोधात्मक आयुर्वेदिक औषधीको प्रयोग सँगै योग गराइएको छ । अहिले सम्म सन्चो भएका सङ्क्रमितहरू योग र आयुर्वेदिक औषधिले सन्चो भएका उदाहरण देखिने गरेका छन् । देशमा यस्तो परिस्थिति आउँदा समेत ३ वटै सरकारले योग र आयुर्वेदिक औषधि तर्फ कुनै चासो नै नदिएको योग प्रशिक्षक तथा आयुर्वेद वैद्यहरूले बताउने गरेका छन् । उनीहरूका अनुसार छैटौँ विश्व योग दिवस मनाई रहँदा समेत योग र आयुर्वेदलाई सरकारले चिन्न नसकेको हो ।

सङ्घीय सरकारले बजेट भाषणमा यस्ता कुरालाई बाहेक गराई अन्य कुरालाई प्राथमिकता दिएको छ । प्रदेश सरकारले ल्याएका योजनाहरू सुन्दा अचम्म लाग्ने खालका छन् । तर योग र आयुर्वेदलाई कुनै खालको बजेट नै छुट्टाइएको देखिँदैन ।
स्वास्थ्य क्षेत्रको गुणगान धेरै गाएको कर्णाली प्रदेश सरकारले स्वास्थ्य १ अर्व ५० करोड ५८ लाखको बजेट निर्धारण गरेको छ । तर योग र आयुर्वेदलाई मात्र भनेर कुनै कार्यक्रम समावेश भएको देखिँदैन ।
जडीबुटीको खानी समेत रहेको कर्णाली प्रदेशमा जढिबुटिमात्र प्रशोधन गर्ने सकेको खण्डमा कर्णाली प्रदेशले अरूको निर्भरतामा बस्नु पर्ने थिएन । तर सरकारले यो गर्ने सकेन बरु भएका आयुर्वेदलाई समेत बजेट कटौती गर्दै गएको आयुर्वेद औषधालयहरूले बताउने गरेका छन् ।

जडीबुटीहरूले कुनै पनि रोग सँग लड्ने प्रतिरोधात्मक क्षमता बढाउने हुँदा सरकारले आयुर्वेदलाई प्राथमिकता दिनु पर्नेमा वास्ता समेत नगरिएको जनगुनासो आउने गरेको छ । यस वर्ष विश्व योग दिवस कुनै कार्यक्रमको आयोजना गरेर मनाउन सकिने अवस्था छैन । तर क्वारेन्टिनमा बसेका कोरोनाका बिरामीलाई यहाँका स्थानीय तहहरूको सहकार्यमा सधैँ जस्तो योग र आयुर्वेदिक उपचार गरिँदै आएको छ ।

जिल्लामा भएका प्राय बिरामीहरूलाई रोग सँग लड्न रोग प्रतिरोधात्मक क्षमता बढाउनको लागि अन्य औषधी सँगै प्रतिरोधात्मक आयुर्वेदिक औषधी प्रयोग गरिएको छ । कोरोनाका बिरामीलाई स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालय, आयुर्वेद तथा वैकल्पिक चिकिस्या विभागको निर्देशनमा दैलेखका धेरै जस्तोलाई अश्वगन्धा, यष्टिमधु, तुलसी चिया, गुढुची (गुर्जो) लगायतका औषधीको प्रयोग गरिएको स्वास्थ्य सेवा कार्यालय आयुर्वेद शाखा दैलेखका आयुर्वेद चिकित्सक डा. प्रशन्न नेपालले जानकारी दिए ।

योग गर्ने कुनै उमेर नचाइने जहाँ र जहिले पनि आफ्नो दैनिकी बनाउने हिस्सा आम नागरिकको हुन्छ । हामीकहाँ योगको अभ्यास सदियौँदेखि हुँदै आएको छ । हाम्रा पुर्खाहरूले यसको अभ्यास, विकास र विस्तार गरे । आजको दिनमा भने योगको महिमा र महत्त्वलाई पछिल्लो ढिपीले भुल्दै गएको छ । जीवनको उद्देश्य भनेको नै जीवन जिउने सर्वोत्तम तरिका बुझ्नु हो । यसलाई योगले महत्त्वपूर्ण भूमिका खेलेको हुन् ।

योगको सूत्रधार महर्षि पतञ्जलिलाई मानिन्छ । उनले योग अभ्यासको विधिहरू पहिल्याएका थिए । साथै, आफैँमाथि सफल अभ्यास गरेका थिए । उनी एक योगी तथा एक ज्ञानी थिए, जो इशापूर्व पाँचौँ शताब्दीअघि जन्मिएको मत पनि पाइन्छ । उनले योगीको जीवन र अभ्यासको जानकारी जम्मा गरे र त्यसलाई विस्तार गरे ।

उनले योग सूत्र लेखे, खासमा उनी योगको प्रमाण, चेतना र मानवीय परिस्थितिको सूत्र हुन् । विज्ञहरू भन्छन्, योग ब्रह्माण्ड जतिकै प्राचीन हो । योगको उद्देश्य जीवनलाई साँचो रूपमा बुझ्नु हो । साथै, आफूलाई जीवन र मृत्युको चक्रबाट अलग गर्नु समेत रहेको छ ।

समाचार