Loading... आजः २०८१, ४ कार्तिक आईतवार

कोरोना यौन सम्पर्कबाट सर्नेबारे अध्ययन हुदै

एजेन्सी । कोरोना भाइरस निको हुन लागेका पुरुषको वीर्यमा भाइरस रहिरहनसक्ने नयाँ अध्ययनले देखाएको छ । चिनियाँ अनुसन्धानकर्ताहरुका अनुसार यस अध्ययनले यौन सम्पर्कमार्फत पनि कोरोना सर्नसक्ने सम्भावना औँल्याएको छ ।

कोरोनाको महामारी उच्च रहेको बेला अर्थात् जनवरी र फेब्रुअरीमा साङक्यु नगरीय अस्पतालमा उपचार गराएका ३८ पूरुषहरुमा अनुसन्धानकर्ताले अध्ययन गरेका थिए ।

त्यसमध्ये १६ प्रतिशतको वीर्यमा कोरोनाको जीवाणु देखिएको यस अध्ययन टोलीले जर्नल जामा नेटवर्क ओपनलाई जानकारी गराएको छ । तीमध्ये ९ एकचौथाई गम्भीर अवस्था र झन्डै ९ प्रतिशत निको हुने अवस्थामा थिए ।

‘कोभिड–१९ भएका बिरामीको विर्यमा सार्स–कोभ–२ देखिन सक्ने भेटियो र निको हुँदै गरेका बिरामीमा पनि यस्तो देखिनसक्ने पाइयो,’ बेइजिङस्थित चिनियाँ जनमुक्ती सेना जनरल अस्पतालका डियानजेङ लि र उनको टोलीले लेखेको छ ।

यो नौलो खोजि भने होइन । पुरुषको प्रजनन क्षेत्रमा यसअघि अन्य भाइरस पनि भेटिएका थिए । इबोला र जिका भाइरस दुबै विर्यसम्म फैलिएको देखिएको थियो । विर्यबाट कोरोना फैलने विषय भने अझै स्पष्ट छैन ।

‘यदि भविष्यमा सार्स–कोभ–२ यौन सम्पर्कमार्फत फैलन्छ भनेर प्रमाणित भयो भनेर रोकथामका हकमा यौन सम्पर्क गम्भीर पक्ष हुनेछ,’ टोलीले लेखेको छ । यौन सम्पर्क नगर्ने वा कण्डमको प्रयोग गर्ने विषय रोकथामका लागि अबलम्बन गर्न सकिने यो टोलीले जनाएको छ ।
स्राेत: सीएनएन