(गजल) मेरो कर्णालीमा अझै…
(गजल) मेरो कर्णालीमा अझै…
मेरो कर्णालीमा अझै सम्म झाक्रिले ज्यान बचाउछ ।
सरकार बिरामीको मुखमा कहिले सिटामोल आउछ ।।
ए सरकार बर्षौ भयो जनता बसेको चुहिने छानो भित्र ।
भन दुई बर्ष मै कहाँबाट उसले शहरमा घर बनाउछ ।।
तिमि उपचार गर्न बाहिर जान्छौ देशको ढुकुटी बेचेर ।
मजदुरले पानी सम्झेर पसिना पिउँछ रगत बगाउछ ।।
जो कहिल्यै माथि उठ्न सक्दैन यो दुनियाँको नजरमा ।
उ आफुलाई हिटलहर सम्झिन्छ, अझै पनि शिर ठडाउछ । ।
लेखक ः
प्रकाश बहादुर बिष्ट ‘पिडित’
भैरवी गाउँपालिका–१ रावतकोट,दैलेख








