Loading... आजः २०८३, ३ बैशाख बिहीबार

कहाँ तिमी कहाँ म मिल्दै मिल्दैन (गजल)

कहाँ तिमी कहाँ म मिल्दै मिल्दैन ।

हुनेखाने तिमी अहँ मिल्दै मिल्दैन ।।

 

दुईछाक टार्नै मुस्किल हुन्छ मलाई,

औकात हाम्रो अझ मिल्दै मिल्दैन ।।

 

मत आफ्नै भबिश्य हराएको मान्छे,

मलाई माया गर्न हेर मिल्दै मिल्दैन ।।

 

प्यार गर्दैनौ किन? कारण खोज्छौ,

निमुखा गरिब हुँ रत मिल्दै मिल्दैन ।।

 

समय नै खराब चलिराछ मेरालागी,

किन भन्छ्यौ पर्ख? मिल्दै मिल्दैन ।।

जनक भट्ट डडेल्धुरा

समाचार