रङ्गमञ्चमा अन्तिम खेल र विज्ञानलाई कोरोनाको चुनौती
२८जुन १९१४ को दशकमा पहिलो खेल सर्बियाको सेराजेबोमा रगतले मन्छेको बलि पर्छायर समुद्घाटन गरियो जहाँ एक टुक्रा जमिनलाई भकुण्डो बनाएर सयौं टिमहरुले खेले कतिपय भकुण्डा खेल्दाखेल्दै फुटे प्रकृतिले बिर्सेका सुन्दर टुक्राका लागि माहाखेलमा युरोप एसिया र अफ्रिकाका हरेक मैदानमा रगतले लिप्दै भत्काउदै खेलियो सुरुमा जर्मनको एकटिम बिजयी भयो उस्कै आयोजनमा सन १८१७ मा जर्मनीले नयाँ संस्करण सुरु गर्याे जसमा पच्पन्नलाख पच्चीस हजार मानविय सम्पति सकियो एक करोड अठ्ठाइस लाख एक्तीस हजार बढिले शरिर मारेर सासतानिरहे ।
विजयको मात मरेपछि ११ नोभेम्बर १९१८ मा खेल समापन भयो । यसरी जलस्थल तथा आकाशमा समेत खेलेर खेल सकियो तर विज्ञानले कहिल्यै हारेन बरु सहयोगि बन्दै आयो । जर्मन शाशक अडोल्फ हिटलर टिम कप्तान भयर जर्मनीमा जुरमुराय पछि फेरि जमिनका केहिटुक्रा दाउमा राखेर मान्छेहरुले खेल १९३९ देखि ४५ सम्म विश्ब्यापी बनाए कारण थियो पहिलो खेलमा हारेकाहरु रगतका आँशु छोडेर पानी पिउन चाहान्थे अनेक रोटेशनका बाबुजुत उत्तरार्धमा अमेरिका र जापान मात्र रङ्गमञ्च मा भिडिरहे र जापान ६ अगस्ट १९४५ मा एकगोल बेहोरे पनि आखिर प्रतिस्पर्धाको मैदानमा नैतिकताको लडाइँ लड्न बाध्य थियो ।
९ अगस्ट १९४५ मा अर्को गोल रोक्न नसकेपछि टुंगियो खेल ७० देशका ६ करोड मानिसहरुको रगतमा बिज्ञानले होलिखेलिरह्यो तर हारेन तेहि बिज्ञानको अश्त्रजपी विजयको ताज पहिरिरहेको अमेरिका र उछिन्ने होडमा जनवादि गणतन्त्र चिनको कारुणिक सम्भावित खेल पछिपार्दै शस्त्र र अश्त्र बिहिन खेलखेल्न अनौठो शत्रु धर्तीका साढे सात अर्ब जिवित आत्महरुलाई बालेर आगो ताप्न सन २०१९ डिसेम्बरको अन्तिममा कुरुप चमेरोको माध्यमबाट एक सुनौलो सपनामा रमिरहेकि किसोरिको जीवन जलाउन र आगो ताप्न चिनको बुहानमा सफल भयपछि निरन्तर बिजयको दिशाउन्मुख चरणबद्ध खेल जितिरहेको छ र विज्ञान हारिरहेको छ ।
इतिहासको पानामा ज्युमारि धर्ती सिञ्चित पारेर राखियका राता ईतिहासका पुराना संस्करणहरु जतिबेला बिज्ञानले जितिरह्यो र संसार निरीह बनिरह्यो । मान्छे र मान्छे का बिचमा जमिन दाउमा राखेर एक समुदाय जितमा र अर्को समुदाय हारमा बहकिरहेको, दुखिरहेको थियो तर फरक यति हो आज दिन प्रतिदिन विज्ञान हारिरहेको छ यक पृथ्वी एक समुदाय बनेर रोहिरहेको छ र दुखिरहेको छ ।
चिनले आशा उमार्याे र दुनियाँले चिन्ताका रेखिहरु खुशीका उत्सबहरुमा तिलान्जलि दिय त्यो असफल भयपछि अमेरिका थपियो उ पनि हारेर उल्टै क्षति ब्यहोरिरहेको छ ।
गत अगस्ट १२ मा रुसले र पहिलोपटक स्पुतनिकबि कानामले पहिला उपग्रहको नाममा भ्याक्सिन दर्तागर्दै केही आशा मौलायको छ हुनत केही आशा गर्ने ठाउँ यसले राखेको छ ताकि प्रयोगका नतिजाहरु पर्खिन बाँकी नै छ ।
तर पनि आज धर्तिका दुई करोड चौरासिलाख बढी कोरोनाको आगोमा रापिरहेका छन् सातलाख त्रिहत्तर हजार बढि डडिसकेभनेढ लाखौंलाख खतराको सुचिमा आशातित उज्यालोका बत्ती हरु पर्खिरहेका छन तर विज्ञान भने मुखदर्शक भयर निरीह बनिरहेको छ हारिरहेको छ ।
आज बिज्ञानका असल औजार प्रयोगमा पोख्त राष्ट्रहरु निरन्तर हारको दिशा उन्मुख छन जसले विश्व माहारिका रेविज ,क्षरोग, धनुष्टकार, एड्स आउँ ,हैजा क्यानसर लगायतका हजारौं रोगलाई विज्ञानकै अगेटोमा पकाइसके तर आज तेहि बिज्ञान हारिरहेको छ हरेकका घरआगनमा हारको मलिन अनुहार लियर बाँचिरहेको छ । मृत्यु पछिको जीवन र कृतिम धर्ति बाहेकका सबै बाहेक सबै चुमेको विज्ञान कोरोना खेलमा भने निरीह यस्तो प्रतिद्वन्दी विज्ञानले सामना गर्दै छ ।
जुन विज्ञानका कोष कोषमा एकैचोटि प्रवेश गर्यो ओछ्यानहरुलाई मृत्यु सैया र अस्पतालहरुलाई मृत्युको कारखाना बनायो, जोडियका सम्बन्धमा दरार स्वतन्त्रता माथि पर्खाल लगाउदै मान्छेका पुकारहरुमा देवताहरुलाई निरीह र दानवहरुको डर सामान्य बनायको छ साहार बिहिन र एकल ब्यताको सन्नटामा विश्व समुदाय पछिपार्दै कोरोनाले चुनौति दियको छ भरोसा राखेको विज्ञान खोसेको छ रङ्गमञ्चहरुमा उदाइरहेको बृहस्पति बनेर इतिहास खोसि बिज्ञानको घाँटी निमोठेकोछ अर्थात विश्व रङ्गमञ्चमा कोरोनाले बिज्ञानलाई चुनौति दियको छ ।
अब बिज्ञानले साथ खोजेको छ खेल जित्न मान्छेबाटै सतर्कता ,धैर्यता , संयमता र निरन्तरको संघर्षरत सहयात्र खोजेको छ यो नै विज्ञानका लागि हामी अर्थात मान्छेमा हुने र दिनै पर्ने अचुक सहयोग हो जसभित्र भोलिको बिहानी देख्ने सम्भावना छ तब मात्र विज्ञानको जित संग कोरोनाको चुनौती कुनै कथाको अक्षरमा सिमित रहने छ ।
कृष्णप्रसाद शर्मा
भगवतीमाई गाउँपालिका–३, दैलेख




