Loading... आजः २०८२, ८ फाल्गुन शुक्रबार

फरार प्रतिवादी पक्राउ

दैलेख ः दैलेख जिल्लाका एक जना फरार प्रतिबादिलाई दैलेख प्रहरीको सकृयतामा पक्राउ गरेको छ ।

सम्मानित उच्च अदालत पाटनको लगत न. ९९४ मिति २०७६।असोज १७ गतेको फैसला कार्यान्वयनको सिलसिलामा वैंकिङ् कसुर मुद्दाका फरार प्रतिवादी एक बर्ष पछी पक्राउ परेको जिल्ला प्रहरी कार्यालय दैलेखका प्रहरी प्रमुख अनुप श्रष्टले बताए ।

जिल्लाको नारायण नगरपालिका वडा नं ३ मा बस्ने छविलाल थापाको छोरा बर्ष २५ को कुमार थापालाई मंगलबार खोजतलासको क्रममा निजकै घर वतनमा फेला पारी पक्राउ गरीसम्मानित दैलेख जिल्ला अदालत, दैलेखमा पेश गरिएको प्रहरीले बताएको छ ।