Loading... आजः २०८३, २८ जेष्ठ बिहीबार

दैलेखमा आत्महत्या बढ्दो


दैलेख ः जिल्लामा आत्महत्या समस्या उग्र बन्दै गएको छ पछिल्लो समय जिल्लामा आत्महत्याका घटना उल्लेख्य रुपमा बढ्दै गएको हो ।
जिल्ला प्रहरी कार्यालय दैलेखका अनुसार आर्थिक बर्ष २०७६÷०७७ मा जिल्लामा ४३ वटा आत्महत्याका घटना भएको तत्याङ्क छ । आत्महत्या गर्नेमा २४जना पुरुष, १६ जना महिला तथा ३ जना बालबालिका रहेको जिल्ला प्रहरी कार्यालयले जनाएको छ । प्रहरीका अनुसार आत्महत्या गर्नेमा प्राय जसो झुण्डिने, विष सेवन गर्ने तथा हतियार प्रयोग गरेको पाइएको छ ।
प्रहरीको तथ्याङ्क अनुसार चालु आर्थिक बर्षको साढे ६ महिनाको अवधीमा मात्रै ३७ जनाले आत्महत्या गरेका छन् । साउनदेखि माघ १५ गतेसम्म ३७ जनाले आत्महत्या गरेको दैलेख प्रहरी प्रमुख प्रहरी नायब उपरिक्षक (डिएसपी) अनुपम श्रेष्ठले जानकारी दिए । ती मध्ये १८ जना पुरुष र १९ जना महिला रहेको प्रहरीको तथ्याङ्कमा देखिन्छ ।
पछिल्लो डेढ बर्षको तथ्याङ्कले आत्महत्या उग्र बन्दै गएका देखाएको छ । जसमा झुण्डिएर आत्महत्या गर्ने धेरै छन् । ‘प्रहरीको अनुसन्धानका क्रममा घरायसी समस्या, निरासा, आर्थीक अभाव, पारिवारिक कलह जस्ता कारणले आत्महत्याका घटना घट्ने गरेको छ,’ डिएसपी श्रेष्ठले भने ‘कतिपय अवस्थामा अप्रत्यासित रुपमा आत्महत्या गरेको समेत हामीले पाएका छौ ।’

घटना न्यूनिकरण गर्न वृतचित्र निर्माणः

जिल्लामा बढ्दो आत्महत्याविरुद्ध रोकथाम अभियान स्वरुप वृतचित्र निर्माण गरिएको छ । जिल्ला प्रहरी कार्यालय दैलेखले वृतचित्र निर्माण गरेको हो । आत्महत्याका घटना न्यूनिकरण गर्न सहयोग पुगोस् भन्ने उदेश्यले वृत चित्र निर्माण गरिएको दैलेख प्रहरी प्रमुखले बताएका छन् ।
जिल्लाका विभिन्न स्थानीय तहको सहयोगमा जिल्ला प्रहरी कार्यालयले वृत चित्र निर्माण गरेको हो । वृतचित्रमा बेरोजगारीका कारण पारिवारिक र सामाजिक दवाव तथा दाइजो नल्याएका निहुँमा पति र सासुससुराबाट पटक–पटक शारीरिक र मानसिक यातना झेल्दै आएको घटनालाई देखाईएको छ । जसका कारण आत्महत्याको बाटो रोज्ने गरेको दृष्य वृतचित्र समावेश गरिएको छ ।


सामाजिक घटनामा आधारित रहेर आत्महत्या विरुद्ध निर्माण गरिएको वृतचित्र शुक्रवार एक जिल्ला समुन्वय समितिको सभा हलमा अनावरण गरिएको छ । कलाकार लोकेन्द्र जिसी कुमारद्धारा निर्देशित उक्त वृतचित्र प्रमुख जिल्ला अधिकारी सन्तबहादुर सुनार र जिल्ला समन्वय समितिका प्रमुख प्रेमबहादुर थापाले संयुक्त रुपमा वृतचित्रको अनावरण गरेका हुन् ।
वृतचित्र अनावरण कार्यक्रममा नारायण नगरपालिकाका उपप्रमुख सावित्री मल्ल, चामुण्डाविन्द्रासैनी नगरपालिकाका उपप्रमुख तारा शाही, डुङ्गेश्वर गाउँपालिकाका अध्यक्ष नगेन्द्रबहादुर मल्ल, महाबु गाउँपालिकाका अध्यक्ष जंगबहादुर शाही, भैरवी गाउँपालिकाका अध्यक्ष प्रेमबहादुर बुढा, विभिन्न राजनीतिक दलका प्रमुख एवं प्रतिनीधि लगाएत सहभागि थिए ।
उक्त वृतचित्रलाई जिल्लाका ११ वटै स्थानीय तह, जिल्ला प्रहरी कार्यालय दैलेख मातहतका प्रहरी कार्यालय, गैरसरकारी निकायहरुमार्फत गाउँ–गाउँमा पु¥याईने दैलेख प्रहरीले जनाएको छ । गाएक तथा सर्जक लोकेन्द्र जिसि कुमारको अफिसेली यूवियूव च्यानल मार्फत सार्बजनिक गरेको बृत्तचित्र छोटो समयमै धेरैले हेरी सकेका छन् ।

 

समाचार

सम्बन्धित समाचार