Loading... आजः २०८३, ३ बैशाख बिहीबार

खाली छन अझै विकासका पाना गाउँ-गाउँमा -गजल

गजल


खाली छन अझै विकासका पाना गाउँ-गाउँमा ।

चुहिरहेका छन  गरिबका छाना गाउँ-गाउँमा ।।

 

भोकमरीले रूदैेछन विकट कर्णालीका जनता ।

ए सरकार पठाउदैनस् अन्नका दाना गाउँ-गाउँमा ।।

 

महोदय, तपाईंले सदनबाट खोक्रो भाषण गर्दैमा ।

कसरी पुग्छ मजदुरी गर्नेका पेटमा खाना गाउँ- गाउँम ।।

 

कयौं नारी बलाकृतको सिकार हुन बाध्य छन्।

नहुँदा शिक्षा, स्वास्थ्य,पुलिस ठाना गाउँ-गाउँमा ।।


लेखक 

प्रेम विवश 

नौमुले गाउँपालिका- ३ दैलेख

समाचार